सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • मिडियाबाट फिल्ममा छिरेका यी कलाकार

मिडियाबाट फिल्ममा छिरेका यी कलाकार

8705
Shares
मिडियाबाट फिल्ममा छिरेका यी कलाकार

नम्रता श्रेष्ठ, प्रियंका कार्की, रीमा विश्वकर्मा, सुरजसिंह ठकुरी, ऋचा शर्मा, आसिफ साह, निशा अधिकारीजस्ता नामहरु अहिले कलाकारितासँग सम्बन्धित छन् । उनीहरु फिल्म खेल्छन् मोडलिङ गर्छन् । तर, यो उनीहरुको सेकेन्ड फेजको करियर हो भन्दा फरक पर्दैन । यसअघि यी सबै एक्टर एक्टे«स रेडियो/टेलिभिजनमा कार्यक्रम चलाउँथे । कोही त अझै पनि मिडियामै छन् ।

सन् २००८ मा आलोक नेम्वाङ निर्देशित सानो ‘संसार’ मा खेल्नुअघि नम्रता श्रेष्ठ कान्तिपुर एफ.एम.की आरजे थिइन् । उनले टीभीमा पनि कार्यक्रम चलाइन् । फिल्ममा जम्न थालेपछि नम्रताले मिडिया लाइन छोडेकी हुन् । प्रियंका को स्टोरी पनि उस्तै छ । सन् २००५ मा मिस टिन भएपछि उनले कान्तिपुर टेलिभिजनमा भीजेका रुपमा काम गरिन् । ‘सेलुलइड’ ‘ग्याम फ्याक्टर’, ‘कल एन्ड विन’ जस्ता कार्यक्रमकी सन्चालक उनी सन् २००७ मा अमेरिका गइन् । उताबाट फर्केपछि मिडिया लाइन रोजिनन् ।
च्यानल नेपाल, इमेज, नेपाल वान, कान्तिपुर टिभीमा प्रोग्राम प्रेजेन्टर बनिसकेपछि आसिफ साह फिल्मतिर लागे । हुन त उनी बीच बीचमा मोडलिङ गरिरहन्थे, म्युजिक भिडियो बनाउँथे, गायक पनि हुन् । सन् २०१३ मा कर्कश फिल्म निर्देशन गरेका उनी केही फिल्ममा अभिनेताका रुपमा समेत देखा परे । पछिल्लो पटक ‘लभ सासा’ मा उनको भूमिका थियो भने अहिले सुटिङमा रहेको ‘दुई रुपैया’ मा उनी निश्चल बस्नेतसहित लिड रोलमा छन् ।
मिडिया हुँदै फिल्ममा लाग्नुलाई आसिफले समयको माग भनिदिन्छन् । ‘मान्छेलाई जति भए पनि पुग्दैन नि’ उनले भने ‘कार्यक्रम चलाएँ । भिडियो बनाएँ । गीत गाएँ । त्यसपछि के त ? फिल्म बाँकी रह्यो ।  आफ्रले आफैँलार्य एक्सप्लोप गर्दै लगेको हुँ ।’ उनी मिडिया र फिल्म लाइन बिलकुल फरक कुरा रहेको बताउँछन् । क्यामरा फेसिङबाहेक सबै कुरा भिन्न हँुदा फरक अनुभव हुने उनको भनाइ छ ।
अभिनेत्री रीमा विश्वकर्मा त पत्रकारिताकै विद्यार्थी हुन् । कक्षा ६÷७ तिर पढ्दा नै उनले जाँदा जाँदै नामक टीभी कार्यक्रम चलाएकी थिइन् । नेपाल टेलिभिजनमा भीजे र समाचार वाचिकाका अनुभव बटुलेपछि उनी सिल्भर स्क्रिनतिर लागिन् । रीमालाई म्युजिक भिडियो निर्देशक प्रसन्न पौडेलले ‘स्वर’ फिल्ममार्फत अभिनय जगत्मा भित्र्याएका थिए । अहिले उनलाई ‘नेपाल आईडल’ मा होस्टका रुपमा देख्न सकिन्छ ।
सुरज सिंह ठकुरीले ‘नाई नभन्न ल’, ‘जंगे’, ‘खुड्किलो’, ‘कर्कश’ जस्ता फिल्ममा अभिनय गरेका छन् । एक्टर बन्नुअघि उनी कान्तिपुर टेलिभिजनमा कल कान्तिपुर चलाउँथे । सबैभन्दा लामो टेलिभिजन टक शो भनिएको कल कान्तिपुरपछि उनले ‘परिवर्तन’ नामक अर्काे शृंखला सुरु गरेका थिए । म्युजिक भिडियो निर्देशन गर्नुका साथै आफैं मोडल रुपमा समेत देखा परेका उनी अझै पनि कान्तिपुर टीभीमा आबद्ध छन् ।
दोस्रो पुस्ता 
अभिनेत्री छुिल्ठम गुरुङ आफू बल्ल असली प्रोफेसनमा आइपुगेको बताइ हिँड्छिन् अचेल । हुन त उनले सानोमा हिरोइन बन्छु भन्ने सपना देखेकी थिइनन् । तर, यो पेसामा लागेपछि आफ्नो गन्तव्य यही रहेको आभास भयो । ‘मेरो डेस्टिनेसन नै फिल्म रैछ’ उनले भनिन्,  ‘लामो समय आरेज÷भीजे भएर काम गरेँ । त्यसमा पनि छुट्टै मजा थियो ।’
छुल्ठिमले सुरुमा एबीसी रेडियोमा काम गरिन् । त्यसपछि गोरखा एफएम हुँदै नेपाल १ च्यानल र एनटीभीमा भीजेका रुपमा देखिइन् । सन् २०१४ बाट उनी अभिनेत्री बनेकी हुन् । डेब्यु फिल्म ‘नोभेम्बर रेन’ बाटै राम्रो प्रतिक्रिया पाएकी छुल्ठिम अब त प्रोड्युसरकै रुपमा पनि बाहिर आउँदै छिन् । शुक्रबार प्रदर्शन हुने फिल्म ‘डायरी’ मा उनले निर्मात्री र अभिनेत्री दुवैको भूमिका निर्वाह गरेकी छन् ।
सन्ध्या केसी, सहाना वज्राचार्य, यसराज गराच, शिशिर भण्डारी, सुरक्षा पन्तजस्ता भीजेहरु अहिले फिल्मतिर आकर्षित छन् । सन्ध्याले भुवन केसी निर्देशित ‘ड्रिम्स’ मा काम गरिन् भने सहानाको केमियो रहेको ‘गुडबाई काठमाण्डौ’ प्रदर्शन हुनै बाँकी छ । नेपाल वान, एनटीभी र टीभी फिल्मीमा शो होस्ट गरेका यसराजले ‘स्वर’, ‘नागबेली’, ‘मायाको बारीमा’, ‘सन्त्रास’ लगायत थुप्रै  फिल्म खेलिसकेका छन् ।
‘प्रोग्राम प्रेजेन्टर हुने प्यासन अझै छ’ अभिनेत्री सुरक्षा पन्तले हेलो शुक्रबारसँग भनिन्, ‘तर, अहिले फिल्ममै व्यस्त छु । दुईमध्ये एउटा छान्नुपर्ने भएपछि फिल्म रोजें ।’ भीजेइङ हुँदै फिल्ममा लाग्दा धेरै सहज हुने सुरक्षाको अनुभव छ । मान्छेको व्यवहार आफूलाई पर्सिभ गर्ने तरिका नै फरक हुने उनले बताइन् । छुल्ठिमलाई पनि आफ्नो पूर्व पेसाले धेरै ज्ञान दिलाएको महसुस हुन्छ । भनिन्, ‘लायभ टक शोमा अनेक थरीका कलरसँग बोल्नुपथ्र्यो । छिनको छिनमै आफ्नो एक्प्रेसन बदल्न जान्नुपथ्र्याे । ती कुरा फिल्ममा काम लागे ।’
टीभी फिल्मीमा ‘डुप्लिकेट’ कार्यक्रम चलाउने शिशिर ‘शो सिम्पल’, ‘बिर्खेलाई चिन्छस्’ जस्ता फिल्ममा देखिए । उनी अभिनीत ‘प्रेम गीत २’ र ‘लालटिन’ प्रदर्शोन्मुख छन् भने बाँकी १० फिल्म बाहिर आइसकेका छन् । ‘तीतो सत्य’ जस्ता केहि टेलिशृंखलामा पनि उनी देखिएका थिए । ‘मिडियामा भएकाले फिल्म खेल्न सजिलो हुन्छ’ उनले भने, ‘तर, फिल्म खेल्ने भएकाले मिडियामा काम गर्नचाहिँ कहिलेकाही गाह्रो हुन्छ ।’ सबैसँग सुमधुर सम्बन्ध बनाउनुपर्ने भएकाले भनेजस्तो कन्टेन्ट दिन अप्ठे्यारो परेका अनुभव उनी सँग टन्नै छन् ।

साभारः हेल्लो शुक्रबार (कान्तिपुर)

8705
Shares

ट्रेन्डिङ