सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • मेची महाकाली सेवा समाज कतारमा गठन

मेची महाकाली सेवा समाज कतारमा गठन

12300
Shares
मेची महाकाली सेवा समाज कतारमा गठन

कतार, ११ असार । दोर्ण प्रसाद भेटुवालको अध्यक्षतामा मेची महाकाली सेवा समाज गठन गरिएको छ। उक्त सेवा समाजमा बाल कुमारी परियार उपाध्यक्ष छिन भने सचिवमा लिला प्रसाद गौतम रहेका छन।त्यस्तै सह-सचिवमा धनमाया लिम्बू रहेकी छिन।सेवा समाजको कोषाध्यक्षमा इश्वर सिंह महता रहेका छन।समूहमा सीता राजबंशी,पुजन बिष्ट्,तिर्थ धमला,समी राई,रण बा कटुवाल र अमर बाहादुर राउत सदस्य रहेका छन।संस्थाको सल्लाहकार केशब चापागाई रहेका छन।

 
कतारमा बैदेशिक रोजगारमा रहेका युवायुवतीका हरेक समस्या सावधान गर्ने उदेश्यले संस्थाको स्थापना गरिएको अध्यक्ष भेटुवालले सबैको समाचारकर्मीलाई बताए।संस्थामा आबद्द सदस्यलाई स्वरोजगार मुलक सीप सिकाइ आत्मनिर्भर बनाउनु संस्थाको मुल उदेश्य रहेको भेटुवालको भनाइ छ।कतारमा स्थापना गरिएको यश संस्था नेपालको कुना-कुनामा साखा बिस्तार गरेर अघि बढ्ने लक्ष राखेको समुहका सचिब लिला प्रसाद गौतमले बताए ।

12300
Shares

ट्रेन्डिङ