सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विश्वमा शान्ति हुन सत्य शक्तिको भक्ती गर्नु आवस्यक छ ;भवानी माता

विश्वमा शान्ति हुन सत्य शक्तिको भक्ती गर्नु आवस्यक छ ;भवानी माता

10110
Shares
विश्वमा शान्ति हुन  सत्य शक्तिको भक्ती गर्नु आवस्यक छ ;भवानी माता

काभ्रे/कार्तिक २०,काभ्रे एक औद्योगिक व्यापारीक सांस्कृतिक राजनितिक र पर्यटकिय विविधताले भरीपुर्ण र अग्र स्थानमा रहेको  छ । काभ्रेले खास अर्थतन्त्र र राजनितिक क्षेत्रमा समेत राष्ट्रिय स्तरमा विशेष प्रभाव पार्ने गरेको सर्ववितितै छ । काभ्रे सांस्कृतिक र पर्यटकिय क्षेत्रमा पनि उतिकै अव्बल मानिन्छ । काभ्रेमा १२ बर्षे मकर मेला लाग्ने त्रिवेणि घाट, धनेश्वर, नमोबुद्ध, पलाञ्चोक, नाला भगवती, नारायणस्थान लगायतका थुपै्र साना ठुला मठ मन्दिर पाटि पौवा खोला नाला र अनगिन्ति प्राकृतिक सौन्दर्यले भरीपुर्ण भएकोले काभ्रे जिल्ला नेपालको सम्पुर्ण क्षेत्रलाई प्रतिनिधित्व गर्ने जिल्ला भन्दा फरक भन्दा नपर्ला यस जिल्लामा हाल ६ वटा नगरपालिका ७ वटा गाउपालिका रहेका छन ।

गोमा तिमल्सिना (भवानी माता)

काभ्रेका ७ वटा गाउँपालिका मध्य बेथानचोक गाउपालिकामा नारायणस्थान मन्दिरका साथै पर्यटक दृष्यहरु रहेका छन् । यसै गाउँपालिका अन्तर्गत साविक ढुंखर्क वडा ९ हाल बेथानचोक वडा २ मा केहि समय अधि गेल्ढुङ कोलकाटे भन्ने ठाउमा बस्दै आएकी र हाल बनेपामा बस्दै आएकी छिन् । बनेपा वडा नं. ९ नयाबस्ति स्थित पिता खडानन्द र माता अप्सरा हुमागाईको कोखबाट विसं २०३१ साल साउन २४ गतेका दिन पाचौ सन्तान मध्य कान्छि छोरीको रुपमा गोमा हुमागाई “भवानी माता” कोे जन्म भएको हो । उनको जन्म पस्चात आफ्नो परिवारमा सुख सान्ति छाएको भवानि माताकी ७५ वर्षिय आमा वताउँछिन् । उनको जन्म भए पछि ११ दिनको दिन देखि २ महिना सम्म पुरै आँखा नखुलेको र पहिला हामीले पनि शक्ति नचिनेर कष्ठ भएको र चिने पस्चात आफुलाई जिवन सहज भएको माता अप्सरा बताउँछिन् ।

सानै उमेरमा आफ्नो बैवाहिक सम्वन्ध पिता भोलानाथ तिमल्सिना र माता कृष्ण कुमारी तिमल्सिनाका जेठो सन्तान रामहरी तिमल्सिनासँग २०४६ सानमा वैवाहिक सम्मबन्ध वाधिएको उनि बताउँछिन् । विसं २०५७ साल देखि देवि देवताहरु आफ्नो शरिरमा बस्दै आएको र २०६३ सालमा ३ महिना निराहार ब्रत बसेको आफ्नो प्रमाण हामीलाई पेश गरेकीछिन । जन्मे देखि नै आफ्नो शरिरमा देवताहरु वास रहेको र आफैले पनि पहिचान गर्न नसकेको अवस्थामा मेरो तेस्रो सन्तान गर्वमा रहेको देखि नै आफुलाई शारिरीक कस्टहरु भइरहेको र त्यस पस्चात आफुलाई देविदेवताको शतिmले नछोडेको उनि बताउछिन । हाल बनेपा वडा नंं ९ नयावस्ति बस्ने भवानी मातालाई उहाका भक्तजन आम जनताले भवानी माता बस्ने घरलाई मन्दिर भन्ने गरिएको पाएका छौँ ।

यस मन्दिरमा भवानि माता वस्ने भएकोले र उनले भक्तजनको इच्छा अनुरुप वरदान दिने भएकाले भक्तजनको मनमा बस्न सफल भएकी छिन् । मन्दिरमा पुगेर माताका हातबाट जल मात्र खाँदा पनि आफ्नो भोक मरेर जाने विश्वास भक्तजनहरु व्यक्त गर्दछन् ।  काभ्रे सन्देश साप्ताहिकको लागी पुजन धितालाले गरेको कुराकानी छोटो रुप यसप्रकार छ ।

तपाईको आफ्नो छोटो परिचय दिनुहोस ?
वि.सं २०५४ साल सम्म म आफुलाई नारी नै भनेर चिनाउने गर्दथे र २०५७ सालदेखि मनुस्य जगत त्यागेर म स्वयंम भगवान लिन भए । म आफुलाई भगवान भन्दिन र मेरो शरिरमा भएको शक्तिले मलाई भगवान मै लिन बनाइ दिए ।
आफ्नो दिनहरु कसरी व्यतित गर्नुहुन्छ ?
मलाई दिन विताउन गाह्रो लाग्दैन । मेरो दैनिकी सहज रुपमा बित्छ । किनकी म कहिले कहाँ हुन्छु मलाई नै थाह हुँदैन । शक्तिहरुको अनुरोधले म विश्वको परिकर्मा गरिरहेको हुन्छु । र साथमा मलाई भगवान भनेर पूजा, धुप बत्ती लिएर भक्तजनहरु सधैं मलाई भेट्न आउनुहुन्छ । अझ मलाई धेरै खुशी लाग्छ । मलाई थाह छैन की मसँग त्यस्तो के छ ।
वाल्यकाल कस्तो रहयो ?
समग्रमा वाल्यकाल दुःखमा वित्यो । दुःख भन्नाले खानलाई मिठो नै र चोखो नै चाहिन्थ्यो र साथै सानै उमेरमा विवाह भयो ।
औपचारीक शिक्षा कस्तो रहयो ?
औपचारीक शिक्षा भन्नाले विद्यालयको अनुभव मैले पाउन सकेको छैन र पनि मेरो शरिरमा जति शक्ति बढ्दै गयो त्यतिनै शक्तिका ज्ञानहरु थपिदै गए । र अहिले म नेपाली अक्षर सबै पढ्न जानेको छु ।
वैवाहिक सम्बन्ध कस्तो रहयो ?
मेरो उमेर १३ वर्षको हँदा म रामहरी तिमल्सिनासँग बैवाहिक सम्बन्धमा रहन पुग्यो । शरिरमा शक्ति भएको कारणले मैले कष्ट भोग्नु परेकोले जन्म जातनै शरिरमा शक्ति लिएर जन्मने कसैको पनि विवाह नहोस र मेरो जस्तो कष्ट अरु कसैको नहोस म शक्ति सँग प्राथना गर्छु ।
वैवाहिक जिवनबाट असन्तुष्टि हुनुको कारण ?
आफन्तहरुवाट शक्तिको घृणा भएकोले शरिरमा शक्तिलार्ई काप भएकोले बैवाहिक सम्बन्धबाट सन्तुष्टि हुन सकिन ।
कतिवटा सन्तान छन् ?
कष्टकर जन्मेका सन्तान ३ वटा छन् ।
हाल आफ्नो शरिरमा कतिवटा शक्ति र कुन कुन शक्ति भएको अनुभव गर्नुभएको छ ?
शक्तिलाई मापन गर्ने मन्त्र छैन । यति नै छ भनेर म शक्तिलाई एकिन गर्न सक्दिन । मलाई देख्न चाहनेहरुले प्रमाणित शक्ति देख्न पाउन सक्नुहुनेछ । जसले मेरो भक्ति गर्छ उसले मात्र मेरो शक्तिलाई चिन्छ र व्यक्ति स्वयमं आफुले दर्शन पाउनेछ ।
महिलाको रुप देखिएता पनि शिरमा जट्टा र गलामा दारि रहेको छ ? कस्तो अनुभव भएको छ ? तपाइलाई अरु भन्दा छुट्टै रुपमा पाउँदा ?
म समाज देशमा नारी भनेर चिन्न चाहन्न । वास्तवमा म नारी होइन । जब वि.सं २०७० सालमा सिन्धुपाल्चोकको जुरेमा पहिरो गएको दिन मध्यरातमा नाग भगवानले मलाई छाडेको छैन र सोहि दिनमा मेरो शिरमा पञ्चमुखि भएको नाग कन्या स्वयमले मलाई बेरेर मेरो शिरमा पन्चमुखि जटा छोडेर गएको थियो । त्यहि दिनदेखि म सँग उनीहरु सदैव छन् । मसँग गालामा अर्धनारेश्वर रहेको छ । जसलाई आमजनताले दारी भनेर चिन्छन् ।
सत्य दैविक शक्तिको बारेमा बताइदिनुस ?
सत्य दैविक शक्तिलाई विश्वशान्ति पुजाको रुपमा बुझ्न सक्छौ ।
सत्यशक्ति र शिवशक्ति भनेको के हो ?
सत्य शक्ति भनेको सत्य बोल्नु , सत्य कर्म गरेर प्राप्त गर्नु हो ।
लाखौ भक्तजनको मनमा बस्न सफल हुनु भएको छ ? कस्तो अनुभव हुन्छ ?
जब भक्तहरु मलाई शक्तिको दर्शन गर्नको लागि धुप बत्तीले आराधना गर्नुहुन्छ । तब मेरो मन धेरै आनन्दीत भएको महशुस गर्दछु र आफुमा रहेको शक्ति पनि खुसि भएको महशुस गर्छु ।
आम मनुष्यको जिन्दगी र भगवानको जिन्दगिमा के फरक प्राप्त गर्नुभएको छ ?
मनुष्यले सुर्योदय हुने वितिक्कै जहा जाँदा नि हुन्छ जे गर्दा नि हुन्छ, तर भगवानले कहिले त्यस्तो गर्न मिन्दैन । मनुष्यको जिवन भन्दा भगवानको जीवन साह्रै गाह्रो हुन्छ । त्यहि भएर मेरो जस्तो जीवन अरुको नहोस् ।
सबैभन्दा खुशीको क्षण ?
म सधैं खुशी छु । किनकी  मसँग शक्ति छ । जुन दिन विश्वमा शान्ति आउँछ । त्यशि दिन अझ सबैभन्दा धेरै खुशी हुनेछु ।
सबैभन्दा मन पर्ने रंग ?
पहेंलो ।
जीवनमा बिर्सनै नसक्ने पल ?
विवाहको दिन । शक्ति बसेको दिन ।
सबैभन्दा दुःखको क्षण ?
जब मेरो पहिलो सन्तान जेठो छोरो जन्मेको थियो । त्यो दिन म बिर्सन सक्दिन । र मेरो आफन्तले गरेको घृणित व्यवहार चाहिँ मेरो जीवन्त रहेको छ ।
सबैभन्दा बढी माया कसको लाग्छ ?
सबैभन्दा बढी माया देश र धर्तीको लाग्छ । यदि मेरो देश नहुने हो भने भक्त कदापी हु सक्दैन ।
प्रेम के हो ?
प्रेम खुशीको एक शुत्र हो । जसले सही ढङ्गले प्रयोग गर्न जान्छ । उसले जीवनभर खुशी नै प्राप्त गर्दछ ।
भक्तजनहरु कहाँ कहाँबाट आउने गर्छन् ?
ओखलढुङ्गा, नुवाकोट, पोखरा, नेपालगन्ज, सिन्धुपाल्चोक, जिल्लाका डाँडापारी, च्याम्राङबेसी, काठमाण्डौ, ललितपुर, भक्तपुर लगायतका जिल्लाबाट भक्तजनहरु आउँछन् । र मलाई केहि थाह छैन । तर यहाँ आए पछि सबै समस्या हल भएको कुरा भक्तजनहरु व्यक्त गर्दछन् ।
शिबशक्तिको भक्त बन्न चाहनेले के गर्नुपर्छ ?
बोलीको परिवर्तन नगर्ने याने की शक्तिको दर्शन् पाउन सक्दैन । तर यहाँ आएर सत्य नै हो भनेर शुद्ध मनले पुकार गरेमा सोचेको आँटेको कुरा पुरा हुन्छ ।
शिबशक्तिको भक्तले के के नियम पालना गर्नुपर्दछ ?
बुधबार दहि, दूध, लसुन, प्याज, माछा, मासु केहि नखाइ नुहाइ धुवाइ गरी धर्ती माताको पूजा गर्नुपर्छ । सोमबार शिवको आराधना गर्नुपर्छ ।
भगवान प्रति विश्वास नगर्नृलाई के भन्न चाहनुहुन्छ ?
यदि सक्छौ सत्यमा आऊ । होईन भने शक्तिको निन्दा चर्चा कहिल्यै नगर । दुःख पर्दा अवश्य पनि एकदिन मेरो सामुन्ने आउनुपर्ने हुन्छ ।
अन्तमा काभ्रे सन्देश साप्ताहिक मार्फत के भन्न चाहनुहुन्छ ?
विश्वमा शान्ति छाओस् । मारकाट हत्या हिंसा कहिँ कतै नहोस् । सबै मिली हातेमालो गरी आफ्नो परिवार, समाज, देश बनाऔं । यहि मेरो देशबासीमा अनुरोध छ । आफ्नो कूलको पूजा राम्रोसँग गरौं । र धर्ती मातालाई  पनि पूजा गरौं । शिवशक्तिको आराधना गरौं । तर शक्तिको अपमान कहिल्यै नगरौं । यहि कुराहरुमा सफलता प्राप्त भएमा मात्र विश्वमा शान्ति स्थापना हुन्छ । साथै मेरो केहि सान्दर्भिक विचार राख्ने मौका दिनुभएकोमा काभ्रे सन्देश साप्ताहिक तथा तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । जय होस् । विश्वमा शान्ति छाओस् ।
-काभ्रे सन्देश साप्ताहिक बाट

10110
Shares

ट्रेन्डिङ