सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • लोकतन्त्रबादी र गणतन्त्रबादीको साझा उम्मेदवार हुँ:काभ्रे प्रतिनीधि सभा क्षेत्र नं २ का उम्मेदवार मधु आचार्य

लोकतन्त्रबादी र गणतन्त्रबादीको साझा उम्मेदवार हुँ:काभ्रे प्रतिनीधि सभा क्षेत्र नं २ का उम्मेदवार मधु आचार्य

5040
Shares
लोकतन्त्रबादी र गणतन्त्रबादीको साझा उम्मेदवार हुँ:काभ्रे प्रतिनीधि सभा क्षेत्र नं २ का उम्मेदवार मधु आचार्य

प्रतिनीधि सभा क्षेत्र नं २ का नेपाली काँग्रेसका उम्मेदवार मधु आचार्य राजनीतिक वृतमा कुनै नौलो नाम होईन । उहाँ विगत ४० वर्षदेखि नेपाली कांग्रेस पार्टीमा निरन्तर लागि परेका योद्धा हुनुहुन्छ । २०५७ सालमा नेपाली कांग्रेस काभ्रेको जिल्ला सभापति चलाईसक्नुभएको उहाँ पुनः २०७२ देखि नेपाली काँग्रेस काभ्रेको सभापति हुनुहुनछ । आचार्यलाई बौदिक नेताको रुपमा समेत लिने गरिन्छ । नेपाली काँग्रेसको तर्फवाट देशैभर प्रशिक्षण गराउँदै हिड्नुभएको उहाँ प्रशिक्षण प्रतिष्ठानको प्रबन्ध निर्देशक भएर समेत कार्यगरिसक्नु भएको छ । मंसिर २१ गते हुने निर्वाचनमा उम्मेदवार भएर जनताको घरदैलो अभियानमा जुट्नुभएको आचार्यसँग गरेको कुराकानीको सार संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंको उम्मेदवार किन ? निर्वचनको तयारी के के छन् ?
नेपालको राजनीतिमा कांग्रेस सधैं जनताको पक्षमा सघर्ष गर्दै आयो । जनतालाई अधिकार सम्पन्न बनाउने लोकतान्त्रिक आन्दोलनको अगुवा नै कांग्रेस हो । देश अशान्तिमा हिडेको बेला शान्तिमा ल्याउँनेदेखि कम्युनिष्टले बनाउन नसकेको संविधान कांग्रेसकै अगुवाईमा बन्यो । अब यो संविधानलाई कार्यान्वयन गर्दै मुलुकमा आर्थिक समृद्धि र सामाजिक न्याय दिनुछ । अब फेरि पनि कांग्रेसले नै यी विषयको ग्यारेन्टी गर्न सक्छ भनेर म कांग्रेसबाट उम्मेदवार बनेको हुँ । नेपालमा युरोप अमेरिकामा जस्तो चुनावी अभियान हुने हैन । हाम्रोमा आफ्नै खालका मौलिकता छन् । निश्चित समय अवधिभित्र आफ्नो पार्टीको सिद्धान्त र विचारलाई जनताका बिचमा लाने हो । पार्टीमा लाग्ने हामी जनताका सेवक हौँ । जनताका सुख दुःख दुवैमा साथ दिइ जनताका पिरमर्का विकासका समस्याहरुलाई सम्बोधन गर्ने हाम्रो राजनितिक संस्कार हो । विशेषगरी अहिलेको तयारी भनेको चुनावी प्रचार प्रसार समिति निर्माण गरि जनताको घर दैलोमा जाने कार्य भइसकेको छ ।

तपाईंका एजेण्डा के छन् ?
जनताको आगनमा खुशीयाली ल्याउन मेरो प्रयत्न हुनेछ । सीप, कौशलको विकास गरी जनतालाई रोजगार बनाउनु, विकासका निर्माणको लहर ल्याउनु, सामाजिक न्याय र विभेदरहित समाज निर्माण गर्नु मेरो प्रथम दायित्व हो । काभ्रेको समग्र विकास, उन्नतिको लागि निरन्तर डट्छु, लाग्छु । हाम्रो आदर्श, सिद्धान्त नै जनतालाई आर्थिक रुपमा समृद्ध बनाउने हो । उत्पादन र रोजगारीमा जोड दिने हो । मौलिक साधन स्रोतको प्रयोग, उपयोग, पर्यटनको विकास, जलस्रोतको समूचित प्रयोग कृषिमा आधुनिकीकरण गर्ने जस्ता एजेण्डालाई अघि बढाएको छु । अर्को कुरा नेपाली कांग्रेस छलछाम गर्ने पार्टी होइन । जनताका विकासका आवश्यकता परिपूर्ति गर्ने सवालमा विपक्षि उम्मेदवारहरुलाई पनि प्रतिस्पर्धा गरौँ तर झुटो आश्वासन नबाडौँ भन्न चाहान्छु । नयाँ नेपाल निर्माण सबै राजनैतिक दलको सहकार्य र एकताबाट गर्ने हो । जनतामाथि खेलवाड गर्ने काम कसैले पनि नगरौ । मेरो प्रष्ट कुरा छ नेपाली कांग्रेस कांग्रेसको मात्र पार्टी होइन यो देशको सबै जनताको साझा पार्टी हो । जनताको अधिकार स्थापित गराउने पार्टी, लोकतन्त्र ल्याउन राणासँग लडेको पार्टी, पञ्चायत र राजतन्त्रको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न र नयाँ संविधान जारी गर्ने प्रमुख अभिभारा बोकी जनताको संविधान जारी गर्ने पार्टी हो । नेपाली कांग्रेसले जनताका हक अधिकार स्थापित ग¥यो । अब देशका सबै तह र तप्काका जनताको आर्थिक समृद्धि आवश्यक छ र जीवनपद्धतिमा सुधार हुने कार्य गर्न काँग्रेस अगाडी बढेको छ । देशका दुइ तिहाइ जनता कृषि उत्पादनमा आश्रीत छन् । कृषि उपजमा वृद्धि गर्न आधुनिक कृषि प्रणाली, उद्यमशिलताको विकास गर्ने र मुलकलाई आर्थिक समृद्धिको बाटोमा लग्ने हाम्रो अभियान हो । यी कुरानै मुख्य एजेण्डा हुन ।

तपाईंलाई किन मत दिने ?
काभ्रको उकाली ओरालीमा ४० वर्ष गुजारेको छु । अहिलेसम्म जत्ति काम गर्न सकें काभ्रेली जनताको हितमा र पक्षमा गरें । मूल्य मान्यता र निष्ठाको पक्षमा काम गर्दै आएँ । मेरो त्याग, निष्ठा र समर्पणलाई कांग्रेसमात्र होइन काभ्रेका कम्युनिष्टहरूलेसमेत मन पराउँदै आउँनुभएको छ । मुलकुमा भिजनयुक्त राजनीतिक आवश्यकता छ । त्याग, निष्ठा, नैतिकताको राजनीति गर्दै आएको छु । यसमा सबैलाई हिडाएर जान सक्छु भन्ने आत्मविश्वास ममा छ त्यसैले म उम्मेदवार बनेको छु । र, मलाई सबै पार्टीका मतदाताले जिताउँछन् भन्नेमा विश्वस्त छु ।

तपाईंका जित्ने आधार के त ?
कम्युनिष्ट गठबन्धनसँग धेरै जनता असन्तुष्ट छन् । एमाले र माओवादीभित्रै पनि असन्तुष्टि छ । कांग्रेसमा जस्तै लोकतन्त्रवादी एमाले र माओवादीमा पनि छन् । पेशा, व्यवसायी पनि लोकतन्त्रप्रति आस्थावान छन् । कांग्रेससहितका लोकतान्त्रिक दलहरूको साथ त छँदै छ, अझै कम्युनिष्टमा रहेका यी सबैको साझा उम्मेदवार भएको हुनाले पनि म जित्छु । म लोकतन्त्रबादी र गणतन्त्रबादीको साझा उम्मेदवार हुँ तसर्थ सबै दल या विचारमा रहेका साथीहरुको साथ र सहयोग रहन्छ । म लोकतन्त्रको उम्मेदवार भएको हुनाले जित्छु । मैलं अहिलेसम्म गरेका काम, जनताको प्रतिक्रिया, र मेरो निष्ठा, इमान्दारितालाई उहाँहरुले मन पराएको हुनाले म पनि हार्दिन र लोकतन्त्र पनि हार्दैन भन्नेमा ढुक्क छु । यो मैंले भन्नुभन्दा पनि जनतामा देखिएको भावना हो ।

तर कम्यूनिष्ट गठबन्धनले नेपाली कांग्रेस अतालिएको भन्छन् नी यसमा तपाई के भन्नुहुन्छ ?
सामाजिक न्याय दिलाउन लागि पर्ने पार्टी, समाज बदल्न आर्थिक रुपाान्तरण गर्ने पार्टी, सबै खालका सामाजिक विभेदको अन्त्य गने पार्र्टी नेपाली काँग्रेस भएकोले सबैभन्दा वामपन्थी पार्टी नेपाली कांग्रेस हो । नेकपा एमालेले मदन भण्डारीको जनताको नौलो जनवादलाई अंगिकार गरि कम्युनिष्ट अधिनायकवादलाई अन्त्य गरी जनताको नौलो जनवाद सृजना गरि त्यही अनसार हिडेको पार्टी आज कम्युनिष्ट एकता भन्दै हिडेको छ । अब भन्नुप¥यो नेकपा एमालेले त्यो लाइन छोड्यौ भनेर । भन्न सक्छ ? गठबन्धनको नाममा चुनावी तालमेल हुन सक्दथ्यो तर पार्टी नै एकिकरण गर्ने भन्नेर हावा फैलाई माओवादी केन्द्र र नेकपा एमालेले एक खालको कागजी बिहे गरेका छन् । त्यो कागजमा मात्र सिमित हुँदैछ । त्यो टिक्दै टिक्दैन । तल्लो तहका कार्यकर्ताबिच कुनै छलफल नगरी बहस नै नगरी गरेको सम्झौता टिक्दैन । दुवै पार्टीका आम कार्यकर्ता त्यसको विरुद्धमा छन् . लोकतन्त्रालई धज्जी उडाउने कागजी बिहे कार्यान्वयन हुने अवस्था छैन ।
देशलाई नेपाली काँग्रेसले मात्र बचाउन सक्छ भन्दै फोरम लोकतान्त्रिकका विजय गच्छदार नेपाली काँग्रेसमा आईसक्नु भो । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न समाजवादलाई लागु गराउन र देशलाई बचाउने कार्य नेपाली कांग्रेस पार्टीले मात्र गर्न सक्छ भनेर डा. बाब’राम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी चुनावी तलमेल गर्न आइसक्नुभएको छ । त्यसैले नेपाली कांग्रेस जनताको साझा चौतारी भएकोले नेपाली कांग्रेस पार्टीले दूइ तिहाइ बहुमत ल्याउँछ, र काँग्रेसको जित सुनिश्चित छ ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
छलछाम र चटके राजनीति कोही कसैले नगरौँ म त्यसमा विश्वास गर्दीन । मैले विगत ४० वर्षदेखि राजनितिमा लािग जनताको सेवा गरेको छु । मेरो कार्यशैली आचरण र व्यवहारको बारेमा सबैले बुझ्नुभएको छ । यहाँ जस्तो व्यक्ति चुनावी मैदानमा उत्रनुभयो हामी यहाँलाई स्वागत गर्न चाहन्छौ भनेर माओवादी केन्द्र, एमालेका मित्रहरुले भन्नुभएको छ । म काभ्रे जिल्लाका सबै जनताका साझा उम्मेदवार हुँ । मलाई विजयी गराउनुहुनेछ र मैले जनताको मतको कदर गरि जनताको आवश्यकता अनुसारको विकास गर्नेछु ।

5040
Shares

ट्रेन्डिङ