सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

3820
Shares
बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

२९ कार्तिक ,गोरखा । बाम गठबन्धनले आजदेखि देशका विभिन्न स्थानमा संयुक्त चुनावी सभा शुरु गर्दैछ । यस अन्तर्गत नेकपा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरुले गोरखाको पालुङटारमा पहिलो सभाको आयोजना गर्दैछ ।

पालुङटारको खुल्ला मैदानमा आयोजना हुन लागेको सभामा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । केही दिन यता देशका विभिन्न भागमा गठबन्धनका उम्मेदवारहरुमाथि श्रृंखलाबद्ध बम आक्रमण भइरहेको छ । त्यसको साइड इफेक्ट गोरखामा देखिएको छ ।

खुल्ला मैदानमा कार्यक्रम गर्न लागिएपनि त्यसलाई त्यसलाई डोरीले घेरा हालेर राखिएको छ । सभास्थल वरीपरी सुरक्षाकर्मीहरुको व्यापक उपस्थिति रहेको छ । मैदानमा प्रवेश गर्ने हरेक कार्यकर्ताको झोला खानतलासी गरिएको छ भने हरेकलाई मेटल डिटेक्टरले जाँच गरिएको छ ।

हेरौँ केही तस्विरहरु :

 

 

 

-रातो पाटी बाट

3820
Shares

ट्रेन्डिङ