सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • हामि इमानको राजनीति निष्ठाको राजनीति गर्दछौ:बिजय

हामि इमानको राजनीति निष्ठाको राजनीति गर्दछौ:बिजय

4875
Shares
हामि इमानको राजनीति निष्ठाको राजनीति गर्दछौ:बिजय

बिजय कुमार तामाङ उमेदवार प्रदेस सभा सदस्य काभ्रे  छेत्र न २(ख्)

उनीसँग गरीएको कुराकानीको केहि बुदाहरु यस्तो रहेको छ । 

तपाइको छनोट विवेकशील साझा पार्टी नै किन ?

म एक साधारण युवा हु । यो पार्टी मा लाग्नु अगाढी कुनै पनि राजनीटिक क्रियाकलापमा लागेको थिएन । सामान्य कृषि पेसा गरि जिविको पार्जन गरिरहेको थिय तेसै सन्धर्भमा म विवेकशील पार्टी को उद्दमशीलता सम्बन्धि कार्यक्रममा भाग लिए मलाइ एकदमै उपलब्धिमुलक र प्रभावकारी लाग्यो तेश्पक्षि पार्टी को बारेमा बुझ्न थाले युवाहरुको जोश जागर र मिहेनत अनि देश बनाउन आफै अग्रसर भएको देखेपक्षि यो पार्टी मा आवद्ध भए ।म चाहान्थे नेपालमा राजनीति होइन राज नियत राम्रो भएको मान्छे यो अभियानमा होश , राजनीतिमा युवा नेतृत्व निर्माण गर्री नेतृत्व हस्तान्तरणको परिपाठी सुरु होस् , उद्दमशील समाज निर्माण गरि यो देश का युवाहरुलाई खाडी मुलुकमा बेच्न नपरोश भन्ने चाहान्थे । एउटा टिम नै नेपालमा सुसस्क्रित राजनीति सहित नेता हैन जनताको सेवक बनाउने अवधारणाको थालनी भएको रहेछ तेही बाट म आकर्षित भएको हो र अहिले अरुलाई गालि आरोप लाल्चना लगाएर बिकल्प कुर्दै बस्न मन लागेन तेसैले आफै बिकल्प बनेको हो

विवेकशील साझा कस्तो दल हो रु स्थापित एजेन्डा बोक्ने दल छाडेर संघर्सशील दलको उम्मेरद्वार किन बन्नु भयो ?
हामि इमानको राजनीति निष्ठाको राजनीति गर्दछौ , हामि अरु भन्दा फरक मात्रै होइन उत्कृस्ट ढंगले काम गर्छौ ।हामी हाम्रो सिस्टममा बसेर काम गछौ जुन सिस्टममा उज्वल थापा होश वा रबिन्द्र मिश्र सबैलाई यौटै नियम हुन्छ , हामि हाम्रा एक एक आम्दानि र खर्च सहितको हिसाब आम सबसाधारण ले हेर्न सकिने गरि पारदर्सी ढंगले हाम्रो वेबसाइतमा राखेका हुन्छौ , नेपालमा जो संग धन छ जो संग बल त्यो नेतृत्व तहमा माफिया राज चलाउन योग्य छ भन्ने मानसिकता रहेको छ जसको बिरुद्द हामि विकल्प है

यो दलको राजनीतिक भविस्य छ रु कसरि थ्रेस होल्ड पार गर्ला ?
अब नेपालमा इमान्दार , निष्ठावान, क्षेमतवान र योग्य युवा नेतृत्व बैकल्पिक सक्तिको रुपमा हामि आयका छौ एक बिकल्प बनि तेसैले अब यो पटक हामि राष्ट्रिय पार्टी हुनेछौ र अबको ५ बर्स पछि यो देश को नेतृत्व गर्ने छौ अहिले हामीलाई देशमा रहेका नेपालीहरु र बिदेशमा हुने नेपालीहरुले जुन साथ् सहयोग,समर्थन गर्नु भएको छ त्यो माहोल हेर्दा हामि अहिले थ्रेस होल्ड पुरा गरि काभ्रेमा दोस्रो ठुलो बैकल्पिक राजनीतिक समर्थनको सक्त्ति हुनेमा कुनै संका छैन
काभ्रेमा यसको संगठन कस्तो छ रु युवाहरुलाई कसरि आकर्षित गर्ने योजना बनाउनु भएको छ ?
काभ्रेमा हामि भुस को आगो ससि फैलियर बेइमान र भ्रस्ट हरु खरानी पार्दै हामीले चाहेको जस्तै स् गरि खान पाउने उद्दमशील समाज बनाउने , हामि जनताको नेता होइन सेवक भएर काम गर्ने , राज्य लाइ जनहितकारी बनाउने , हरेक नागरिक लाइ विवेकशील बनाउने , योग्य र सक्षम नेतृत्वको निर्माण गरि नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने हो अभियान तिब्र हुड्दै छ इने कारणले गर्दा हाम्रो पार्टी मा युवा आकर्सन बढ्दो छ ।

मतदातालाई के भन्न चाहानुहुन्छ ?
म काभ्रेली जनता लाइ के अनुरोध गर्न चाहान्छु भने स् नेताले देश बेचे , देश बिगारे, देश मा गरिखाने वातारण छैन अनि हामि जनताले राज्यबाट पाउनुपर्ने सेवा सुबिधाको नाममा एक थान पासपोर्ट पाएका छौ त्यो पनि खाडी मुलुक जनाको लागि लगायतका कुरा गरेर चुनाबको अघिल्लो दिन समा गालि गर्छौ , रिसाउछौ, सरप्छौ तर भोट हाल्ने दिन तिनै भ्रस्ट, माफिया, धन र बल भएका लुटतन्त्रका नाइकेहरुलाई हाल्छौ तर अब यस पटक काभ्रेली दाजिभाई दिदि बहिनि हरु तपाई छातीमा हात राखेर आफ्नो बिबेक प्रयोग गर्नुहोला ,तपाइँ हामीले खोजेको चरित्र राम्रो भएको नीति, नियत र निष्ठा असल भएको ब्येक्तिलाई भोट हाल्न विवेकशील साझाका हाम्रा उम्मेरद्वर लाइ तराजु चिन्हमा भोट हाली भ्रस्ट र माफिया लाइ चोट दिनुहोला भन्न चाहान्छु

अन्त्यमा के भन्नुहुन्छ ?
यो लोकप्रिय पत्रिका मार्फत के भन्न चाहान्छु भने यहा चित्र मात्रै बदलियो चरित्र उस्तै रह्यो, नीति मात्रै राम्रो भयो नियत सधै गलत भयो तेसैले भ्रस्ट नेता चून्ने कि प्रस्ट नेता चुन्ने त्यो जनतालाई यसपटक राम्रो संग थाहा छ र उहाहरुले विवेकशील निर्णय गर्नुहुनेछ भन्ने हाम्रो आशा छ

4875
Shares

ट्रेन्डिङ