सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • ढुक्क सगँ मतदान गर्न जानुस् ंः प्रहरी उपरिक्षक थापा

ढुक्क सगँ मतदान गर्न जानुस् ंः प्रहरी उपरिक्षक थापा

7825
Shares
ढुक्क सगँ मतदान गर्न जानुस् ंः प्रहरी उपरिक्षक थापा

मंसिर २१ गते हुन गैरहेको मतदानको लागि सुरक्षा निकायको तयारी कस्तो छ ?
मंसिर २१ गते हुन गइरहेको चुनावको लागि हामी पूरा तयारीमा छौं । हामी सुरक्षाको सवालमा हामी तयारी हालतमा नै छौं । हामीसँग उपलब्ध प्रहरी र म्यादी प्रहरीलाई मतदान केन्द्रमा लगभग पु¥याइसकेका छौं । नपुगेका ठाउँमा पनि समयमा नै पुग्नेछ । मतदान अधिकृत तथा मतदान अधिकृतको समूह मतदान केन्द्रहरुमा मतदानका लागि आवश्यक सामग्री सहित प्रहरी निरीक्षकको टोली पहाडी भेगमा आज भोलि नै जाँदैछ । शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न गराउन सुरक्षाको हामी पूर्ण रुपमा तयारी अवस्थामा छौं । हरेक मतदाताहरुलाई आ–आफ्नो मतदान केन्द्रमा गई मतदान गर्न कोही कसैले रोक्न सक्दैन र काही अवरोध हुदैन ढुक्क सगँ मतदाना गर्न पाउने सुरक्षा व्यवस्थापन गरेका छौं ।
सुरक्षा स्थिति कस्तो छ जिल्लामा ?
निर्वाचनका लागि सुरक्षा सवलमा हामी अत्यन्तै सजग छौं । सुरक्षा स्थिति राम्रै छ । खासै त्यस्तो सुरक्षा चुनौती त यस भेगमा देखिएको छैन । चुनावको बेलामा विप्लव माओवादी समूहको नेकपाका कार्यकर्ताहरुले चुनावको वातावरण खल्बल्याउन सक्ने आशंका गरेका छौं । उनीरुले त्यस्तै शंकास्पद क्रियाकलापहरु पनि गरिरहेकोले हामी त्यसमा सजग छौं । विभिन्न अपराधिक क्रियाकलाप घट्न सक्ने सम्भावनालाई लिएर हामी विशेष रुपमा सतर्क रहेका छौं । निगरानी पनि बढाइरहेका छौं ।
उदण्ड कार्य गर्ने तथा भोलि यसबाट निर्वाचनलाई खतरा हुन सक्छ भन्ने लागेको खण्डमा त्यस्ता कार्य गर्नेलाई हामीले नियन्त्रणमा लिने कार्यहरु गरिरहेकाछौं ।यस जिल्लामा हामीले १ सय ८९ मतदान केन्द्र मध्ये १८ वटा मतदान केन्द्रलाई अति संवेदनशील, १६ ओटा निर्वाचन केन्द्र संवेदनशील र अन्यलाई सामान्य भनी छुट्याएका छौं । निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सोहि अनुसार हामीले सुरक्षा व्यवस्था मिलाएका छौं । जिल्लामा निर्वाचनको लागि जिल्लाका प्रहरीसहित म्यादी प्रहरी, ५०० को हाराहारीमा शसस्त्र प्रहरी, ७÷८ सयको हाराहारीमा सेना निर्वाचनको सुरक्षामा खटिएका छन् । अहिलेसम्म जिल्लामा त्यस्तो कुनै अप्ठेरो परिस्थिति आएको छैन । भोलिका दिनमा पनि त्यस्तो अवस्था नआओस् भनेर सजग छौं र सहज ढंगमा उम्मेदवारहरुले चुनाव प्रचारप्रसारमा लाग्न सकुन् भनेर जिल्लाका हामी चारवटै सुरक्षा निकाय २४ घण्टा नै लगनशिलता र तदारुकताका साथ खटिरहेका छौं । अहिले सम्म सामान्य नै छ ।
सुरक्षा निकायसँग राजनितिक दलहरुको समन्वय छ कि छैन ?
राजनितिक दलहरुले हामीले बनाएको सुरक्षा नितीलाई सहयोग नै गरिरहेकाछौं । आचारसंहिताको कार्यान्यनको लागि हामीले छुट्टै संयन्त्र बनाएका छौं । त्यसमा पनि राजनितिक दलहरु कोअपरेटिभ हुनुहुन्छ । सुरक्षाको सवालमा त झनै कोअपरेटिभ नभई रहन सक्नुहुन्न उहाँहरु । सुरक्षासँग कसैले कमप्रमाइज गर्न मिल्दैन । त्यसकारण यो बाटो खतरा छ, यो बाटो नजानुहोस्, यो ठाउँमा तपाईको कार्यक्रम यति बजेसम्म, चाँडै सकाउँनुस् भनेर हामीले दिएका सुझावहरुलाई दलहरुले मान्नुभएको छ । हाम्रो सुरक्षा नितीमा उहाँहरु सहयोगी नै बन्नुभएको छ । सुरक्षाको नितीलाई कुनै असर पुग्ने गरी उहाँहरुले कुनै काम गर्नुभएको छैन ।
जिल्लाका अति संवेदनशील मानिएको १८ मतदान केन्द्रमा के छ सुरक्षा निती ?
हामीले अति संवेदनशील, संवेदनशील र सामान्य क्याटगोराइज जिल्लाकोे गरेका छौं । निर्वाचनको लागि केन्द्रले बनाएको केन्द्रिय सुरक्षा निति अनुसार अति संवेदनशील, संवेदनशील, सामान्य कुन कुनमा उहीँबाट नै नितीगत रुपमा निर्णय भएर आएको छ । केन्द्रिय सुरक्षा निती अनुसार के कस्तो सुरक्षा निती छ त्यहि अनुसार हामीले गरेकाछौं । साथै नितीगत रुपमा केन्द्रबाट आएका नितीलाई पनि तत्कालिन अवस्थामा चाहिँ थ्रेटको महसुसको आधारमा केहि ठाउँमा आवश्यकता अनुसार हेरफेर गरेकाछौं । अति संवेदनशील र बढी थ्रेट भएको ठाउँमा थप सुरक्षाकर्मीहरु पनि पठाएका छौं ।
निर्वाचनमा सुरक्षा थ्रेट चाहि कति महसुस गर्नुभएको छ ?
विप्लव नेतृत्वका नेकपा समूहबाट अलिकति थ्रेट महसुस भएको छ । चुनावको बेलामा गुण्डागर्दी पनि बढ्ने सक्ने हो की भन्ने हाम्रो आंकलन रहेको छ । त्यहि अनुसार जसरी थ्रेट महसुस गरेका छौं त्यसरी नै हामीले ड्युटि डेभलोपमेन्ट गरेका छौं ।
डाँडापारी कोशीपारीमा सुरक्षा चुनौती कति छ ?
अहिलेसम्म त्यस्तो खासै त्यस्तो घटना घटेको छैन । हाम्रो खोजीकार्य जारी छ । यो क्षेत्रमा साधा पोशाकमा हामीले प्रसस्त सुरक्षाकर्मी पठाइसकेकाछौं । हतियार धारी सुरक्षा टोली पनि पठाइसकेकाछौं । डाँडापारी, तिमाल कोशीपारीमा विशेष गरी विप्लव नेतृत्वको कार्यकर्ता रहेका छन् भनेर सशस्त्र र सेना टोलीलाई पनि जानकारी गराएका छौं । त्यस भेगमा बढी सुरक्षाकर्मी तैनाथ गरेका छौं । साथै हामी सतर्क पनि ।
हालै उम्मेदवार लक्षित बम विष्फोट भयो जिल्लामा यसलाई कसरी हेर्नुभएको छ ?
उम्मेदवारलाई लक्षित गरी बम विष्फोट भएको थाह पाए पछि तत्काल घटनास्थलमा गएर हामीले छानविन ग¥यौं । तार बिच्छाएर विष्फोट गरेको रहेछ । त्यस यरियामा को कसले बम विष्फोट गराउन सक्छ, त्यो यरियामा को को छ भन्ने हामीले व्यापकरुपमा सर्च अभियान पनि सुरु गरेका छौं । भोलि संदिग्ध मान्छे फेला प¥यो भने अनुसन्धानको दायरामा ल्याउँछौ । त्यसलाई कारवाही गर्छौं । भालिका दिनमा कुन कुन ठाउँमा के कस्ता घटना घट्न सक्ने सम्भावना छ एनालाइसिस गरेर त्यहि अनुसार थप सुरक्षाकर्मी डेभलप गर्छौं ।
सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् ?
सुरक्षाकर्मीहरु कोशीपारी, डाँडापारी लगायत सबै ठाउँमा सुरक्षाकर्मी पुगिसकेकोछ । मतपेटिका र मतदान अधिकृतको टोलीसँग जाने सुरक्षा टोली रेसपोन्स टोली विस्तारै जानेछ ।
सशस्त्र र सेना पनि सँगै जान्छन् कि छुट्टाछट्टै ?
नेपाली सेना र सशस्त्र प्रहरी आवश्यकता अनुसार हामीसँगै लिएर जान्छौं ।
शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क हुनुहुन्छ ?
निर्वाचनका लागि हामीले सुरक्षाका सम्पूर्ण तयारी पूरा गरेकाछौं । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुन्छ भन्नेमा हामी ढुक्क छौं । आम मतदाताहरुलाई कोही कसैले डर धम्की बाट मतदान गर्न रोक्क लगाउँछ भने तुरुन्तै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गनुहोस् वा नजिकै खटिएको सुरक्षाकर्मीलाई खबर गनुहोस् त्यस्ता ब्यक्ति जो कोही भएतापनि हामी कानुनी दायरामा ल्याई कानुनी कारर्वाही गर्ने छौं ।
-काभ्रे सन्देश साप्ताहिक बाट

7825
Shares

ट्रेन्डिङ