सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सेक्सको दुरुपयोग गरियो भने घातक परिणाम ल्याउँछः खेलाडी÷कलाकार कमल भण्डारी

सेक्सको दुरुपयोग गरियो भने घातक परिणाम ल्याउँछः खेलाडी÷कलाकार कमल भण्डारी

10045
Shares
सेक्सको दुरुपयोग गरियो भने घातक परिणाम ल्याउँछः खेलाडी÷कलाकार कमल भण्डारी

२०५९ बाट जिम गर्न सुरु गरी शारिरीक सुगठनमा सक्रिय पोखरा निवासी कमल भण्डारी एक राष्ट्रिय स्तरका शारीरीक सगठनका खेलाडी हुन् । साथै उनी खेलाडी मात्र नभै एक कुशल कलाकार पनि हुन् । उनले खेल क्षेत्रमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलमा थुप्रै पदक तथा पुरस्कार हासिल गरिसकेका छन् । उनले ०७३ मा भएका सम्पूर्ण राष्ट्रिय बडी बिल्डिङ खेलमा दोस्रो ब’ल्सम्यान धर्म श्री, हिमालयन, मि पोखरा, मिस्टर माछापुच्छ«े प्रतियोगितामा गोल्ड मेडल पाइसकेका छन् । ०७४ मा कोरिया मा सम्पन्न भएको ५१ औ एसियन बडी बिल्डिङ च्याम्पियन्सीपमा नेपालको तर्फबाट प्रतिनिधीत्व गरी ब्रोउन्ङ्ज मेडल हात परी नेपाललाई उच्च स्थानमा राख्न सफल भए

भण्डारीले कलाक्षेत्रमा पल्टन, नबोले नी हाँसी राखन, नाइके, सडक र गन्तब्यमा मुख्य भूमिकामा अभिनय गरी आफूलाई अब्बल कलाकारको रुपमा समेत परिचित गराइसकेका छन् । उनको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र ‘गन्तब्य’ चाडै नै प्रदर्शनको तयारीमा रहेको छ । हाल पोखरा शान्ति नगर चोक स्थित रत्न श्री जिम का सन्चालक समेत रहेका छन् भण्डारी । उक्त जिमका प्रशिक्षकको समेत भूमिकामा रहेका उनी पोखरा को मात्र नभई नेपाल कै शान हुन् । उनै बहुप्रतिभाशाली कलाकार तथा खेलाडी कमल भण्डारीसँग गरेको कुराकानीको सारांशः
० हाल के गर्दै हुनुहुन्छ ?
हाल म कन्या मा.बि. पोखरामा एकाउण्टेन र रत्न श्री जिममा सन्चालकका साथै प्रशिक्षकको रुपमा आफूलाई अगाडि बढाउँदैछु । अनि केहि चलचित्रहरुको पनि गृहकार्य भैरहेको छ । सायद चाँडै नै केहि चलचित्रमा अनुबन्धित हुँदैछु ।
० तपाइको पहिलो चलचित्र ?
मेरो पहिलो चलचित्र सडक हो ।
० आफ्नो मन पर्ने चलचित्र ?
मलाई आफूले गरेको सबै चलचित्र मनपर्छ । मलाई सबै खालको भूमिका मन पर्छ । आगामी दिनमा आफूलाई अझै निखारदै लान मन छ ।
० प्रदर्शनमा आउन लागेको कुन चलचित्र छ ?
अब निर्देशक कृष्ण उदासीको चलचित्र ‘गन्तब्य’ चाँडै नै प्रदर्शनमा आउँदैछ । उक्त चलचित्र पारिवारिक र सन्देश मुलक रहेको छ । जसमा मेरो नकरात्मक र सकरात्मक भूमिकामा गरेको छु । आशा छ चलचित्रलाई सबैले मन पराइदिनुहुन्छ ।

० कस्तो छ नेपाली चलचित्रको बजार ?
हाल नेपाली चलचित्र क्षेत्रकोे बजार बढेको छ । राम्रो चलचित्रले राम्रै दर्शकहरु पाएका छन् ।
० कलाक्षेत्रमा कसरी आकर्षित हुनुभयो ?
यस क्षेत्रमा मेरो सानै देखिको रहर हो त्यसैले जानी नजानी आफ्नो सौख पुरा गर्न यो क्षेत्रमा लागें । अहिले दर्शकको मायाले गर्दा यो क्षेत्र नसा बन्न थालेको छ ।
० के कस्ता विकृति छ कलाक्षेत्रमा ?
विकृति त हरेक क्षेत्रमा हुन्छन् नै तर सकारात्मक सोच लिएर अघि बढ्न सक्नुपर्छ भन्ने लाग्छ हरेक क्षेत्रमा । विकृतिलाई पन्छाएर काम गर्न आवश्यक छ । यो क्षेत्रमा पनि केहि विकृतिहरु छन् । तर विस्तारै हट्दै जाने क्रममा छ ।
० कलाक्षेत्रमा लागेर बाँच्न सकिन्छ त ?
नेपालमा अझै पनि कला क्षेत्रमा लागेर सबै कलाकारले बाँच्न सक्ने अवस्था छैन । तर सबैतिरबाट पहल थाल्ने हो भने भोलिको दिनमा यसै क्षेत्रमा लागेर जिविका चलाउन सक्ने अवस्था बनाउन भने सकिन्छ । अहिलेको परिपेक्ष्यमा भन्ने हो भने र कम नै बाँचेका होलान् यस क्षेत्रमा लागेर ।
० अहिले नेपालमा यौन विषय सम्बन्धी फिल्महरु बन्ने क्रम तीव्र छ के यो समयको माग हो ?
यौन बिषयलाई लिएर सन्देश मुलक चलचित्र बनाउनु राम्रो हो तर बिकृती ल्याउने किसिमको चलचित्र समयको माग होईन । यसले त समाजलाई झनै उच्श्रृङ्खल बनाउँछ ।
० तपाई आफ्नो पेशा र पारिश्रमिक प्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म आफ्नो पेसा प्रती खुशी र सन्तुष्ट नै छु ।
 
० तपाइले हालसम्म कतिवटा फिल्ममा अभिनय गर्नुभयो ?
त्यति धेरै त गरेको छैन ७, ८ वटामा काम गरेको छु । पछि मैले खेलमा अलि बढी समय दिनुपर्दा चलचित्रमा त्यति काम गर्न पाएको छैन । अफरहरु त धेरैमा आएको हो तर आफूसँग समय नहुँदा केहि चलचित्र छोड्नुप¥यो ।
० कतिवटा म्युजिक भिडियो र टेलिफिल्म खेल्नुभयो ?
मैले म्युजिक भिडियो पनि त्यस्तै आधा दर्जनको हाराहारीमा काम गरेकोछु ।
० प्रेम के हो ?
प्रेम सम्पूर्ण हो । प्रेम बिना कुनै पनि चिजको आयु छैन ।
० सेक्स के हो ?
सेक्स आवश्यकता हो तर दुरुपयोग गरियो भने यसले घातक परिणाम ल्याउँछ । त्यसैले सेक्सलाई हल्का लिनुहुन्न ।
० कहिलेदेखि यस क्षेत्रमा लाग्नुभयो ?
यो क्षेत्रमा लागेको त धेरै भयो तर चलचित्र क्षेत्रमा लागेको भने करिव एक दशक भयो ।
० कलालाई कसरी बुझ्नुहुन्छ ?
कला मानिसको जन्म बाट नै सुरु हुन्छ । हामीले गरेका सबै काम कला नै हो तर पनि यसलाई कुनै कथामा जोडेर अरु माझ प्रस्तुत गरिएको हुन्छ । यो नाटक बाट नै सुरु भएको हो भन्ने मलाई लाग्छ ।
० यस क्षेत्रको विकासको लागि के गर्नुपर्ला ?
सत्य तितो हुन्छ तर ति बिकृती बिस्तारै हट्दै छ आशा गरौ चलचित्रकर्मी हरुले त्यसलाई सुधार्दै लानुपर्छ अनि मात्र यो क्षेको विकास हुन्छ । चाह्यो भने हरेक चिज सम्भव हुन्छ । तर गाह्रो छ सबै कामलाई एकै साथ पूरा गर्न ।
० तपाईं शारिरिक सुगठन र कलाकारिता मध्ये एउटा रोज्नुपर्दा ?
मलाई कलाक्षेत्र र शारिरिक सुगठन दुबै मन पर्छ । त्यसैले एक मात्र रोज्न गाह्रो छ ।
० भविष्यको लक्ष्य ?
जिम सेन्टर चलाएको छु । नेपाल र पोखरालाई विश्वमा चिनाउन एकपटक विश्व च्याम्पियन बन्ने लक्ष्य छ मेरो शारिरीक सुगठन खेल मार्फत । अनि चलचित्र क्षेत्रलाई अझै सुढृड बनाउन आफ्नो तर्फबाट केहि गनेए लक्ष्य बोकेको छु । नेपाली चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहचान होस् भन्ने लक्ष्यसाथ अघि बढेको छु ।
० अन्तमा
अन्तमा मलाई मेरो भावना राख्ने मौका दिनुभएको यस लोकप्रिय संचार माध्यमलाई आभार प्रकट गर्न चाहन्छु ।

10045
Shares

ट्रेन्डिङ