सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • गाउँगाउँमा गुन्जियो “हेप्पी डेज” को “चेप्टे चेप्टे पेरुंगो” (भिडियो सहित )

गाउँगाउँमा गुन्जियो “हेप्पी डेज” को “चेप्टे चेप्टे पेरुंगो” (भिडियो सहित )

9055
Shares
गाउँगाउँमा गुन्जियो “हेप्पी डेज” को “चेप्टे चेप्टे पेरुंगो” (भिडियो सहित  )

पछिल्लो समय नेपाली बजारमा नेपाली गीत संगीतले धुम मच्चाईरहेको रहेको छ । नेपाली गीत संगीतमा पनि बिशेष गरि नेपाली चलचित्रको गीत संगीतले मार्केट लिइरहेको अवस्था छ । चर्चामा रहेको गीतहरुको सुची लामो छ । तर त्यस भित्र पनि अहिलेको समयमा अगाडी आएको एउटा गीत हो “चेप्टे चेप्टे पेरुंगो” । सामाजिक र गाउँ परिवेशको ठेट शब्द र संगीतको प्रयोगबाट निर्माण गरिएको गीतले यति बेला युटुब र आम मान्छेहरुको बिचमा ठुलो चर्चा बटुलिरहेको छ । निकै सरल भाषा र शैलीको साथमा अत्यन्त आनन्द दिने धुनको मिश्रणको कारण पनि यो गीत छिटो दर्शक श्रोताहरुको रोजाईमा परेको बुझिन्छ ।

यति बेला गाउँ देखि सहर सम्म चर्चामा रहेको यो गीत चलचित्र हेप्पी डेज को हो । चलचित्र यहि माघ १२ गते देखि देशभरको सिनेमा घर देखि एकसाथ प्रदर्शन हुदैछ । अहिलेका चर्चित संगीतकार राजन राज शिवाकोटीको शब्द संगीतमा यो गीत तयार भएको हो । यस गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर समावेश रहेको छ । चलचित्र यति बेला प्रचार प्रसार पनि तीव्र रुपले नै भईरहेको छ । चलचित्रलाई दर्शक माझ पुर्याउन यस गीतले ठुलो मदत गरेको छ । चलचित्रको गीत संगीत पक्ष बलियो रहेको हुनाले पनि अधिकतम दर्शक चलचित्र प्रति आकर्षित भएको प्रष्ट हुन्छ । चलचित्रको “चेप्टे चेप्टे पेरुंगो” बोलको यस सुमधुर लोकभाकाको गीतमा नायक दयाहाङ राई र दीया पुनले सुन्दर नृत्य प्रस्तुत गरेका छन् ।

 

नाच्न नाउने नायक भन्ने ट्याग केहि समय अगाडी देखि नै दयाहाङ राईलाई लाग्दै आएको थियो । तर यस गीतको उनको नृत्यले उक्त ट्याग धेरै हदले हटाउन मदत गरेको छ । युटुबमा पनि चलचित्र यस गीतलाई प्रशंसा नगर्ने व्यक्ति निकै कम भेटिएका छन् । सामाजिक संजालको प्रविधिको कारण यतिबेला विश्वोभर नै यो गीत पुगेको छ र संसारभर छरिएका नेपालीहरुको रोजाईमा यो गीत पर्न सफल भएको छ । धेरै जसोले गीतको शब्द र संगीत उत्कृष्ट रहेको प्रतिक्रिया दिएका छन् । सजिलै सबैको बुझाईमा आउने र सुन्दा नै आनन्द आउने संगीतकै कारण गीत धेरैको रोजाईमा परेको अनुसन्धानले बताउछ ।

मिलन चाम्सद्वारा निर्देशित चलचित्र “हेप्पी डेज” मा दयाहाङ राई , प्रियंका कार्की , संजय गुप्ता , दिया पुन , विक्की जोशी , मोनिका गुरुङ , रुपा पुन , रितेश चाम्स , जेन बकल , हुप थापा , जेनीहा लिम्बु , गिरिराज घिमिरे , क्षितिज सुबेदी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको प्रस्तुति रहेको चलचित्रलाई भवानी शर्मा , हिराल जोशी र मिलन चाम्स मिलेर निर्माण गरेका हुन् । बि.पी खनाल भने चलचित्रका प्रस्तोतकर्ता हुन् । चलचित्रमा यम थापाको स्क्रीनप्ले र सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको छ | नरेश भट्टराई र दिनेश राउतको शब्द समावेश रहेको चलचित्रमा तारा प्रकाश लिम्बुको संगीत र अर्जुन जिसीको सम्पादन रहेको छ | यस्तै चलचित्रमा राम कुमार केसीको छायांकन र गिरीराज घिमिरे मुख्य सहायक निर्देशन रहेको छ | चलचित्रमा मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

हेर्नुस भिडियो :

 

 

– सीने नगरि बाट

9055
Shares

ट्रेन्डिङ