सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१

खानेपानी कहिले आउँछ ?

6280
Shares
खानेपानी कहिले आउँछ ?

माघ १ , खानेपानीका समस्या झेलिरहेका काभ्रे जिल्लाका तीन नगरपालिका पनौती, बनेपा, धुलिखेलका नगरबासीको खानेपानी समस्या समाधानका लागि सुरु गरिएको काभ्रे एकिकृत खानेपानी आयोजनाले आफ्नो काम सम्पन्न गर्न सकेको छैन ।

स्थानीयको अवरोध, कर्मचारीको वेवास्था र राजनीतिक खिच्चतानीका कारणले आयोजना अलपत्र अवस्थामा पुगेको हो । तेस्रो पटक म्याद थप्दा समेत खासै उल्लेख्य परियोजनाले काम कारवाही गर्न नसके पनि पुनः चौथोपटक सम्झौता गर्न तातिरहेको देखिन्छ ।

तेस्रो पटकसम्म म्याद थप्द समेत काम सम्पन्न नभएपछि तिन नगरका १ लाख ५ हजार नगरबासीले एकीकृत खानेपानीको पानी कहिले खान पाउँछन ? पटक पटक समय थप गरेतापनि राजनीतिक दलहरुले चुनावी नारा बनाएर पानी ल्याउने भनेपनि नगर बासीले पानी खाना भने नपाउने देखिन्छ ।

अब तिनै नगरपालिकाको मेयर तथा संसादको ध्यान जाला कि न जला त्यो भने परिक्षणको बिषय बनेको छ । उनीहरुले पहल गरेर एशियाली विकास बैँकले समय थपेर इमान्दारी पूर्वक काम ग¥यो भने पानी आउने सम्भावना छ होइन भने नगरबासीहरुको शुद्ध खानेपानी सपना सपनैमा बिलिन हुने देखिन्छ ।

नेपाल सरकार र एशियाली विकास बैकको ५० प्रतिशत अनुदान, कोषको ३५ प्रतिशत ऋण र १५ प्रतिशत जनसहभागिता मार्फत भईरहेको आयोजना यति बेला अलपत्र अवस्था रहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ र दाताको सहयोग आउने पानी जनताले कहिले सम्म खान पाउने हो र कहिले आउँछ पानी ?

-काभ्रे सन्देश बाट

6280
Shares

ट्रेन्डिङ