सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा पनि २० औ भुकम्प दिवस मनाइयो भुकम्प दिवसमा नाट्कर्मीको सडक नाटक,हेर्नुस १०(फोटो)

काभ्रेमा पनि २० औ भुकम्प दिवस मनाइयो भुकम्प दिवसमा नाट्कर्मीको सडक नाटक,हेर्नुस १०(फोटो)

11365
Shares
काभ्रेमा पनि २० औ भुकम्प दिवस मनाइयो भुकम्प दिवसमा नाट्कर्मीको सडक नाटक,हेर्नुस १०(फोटो)

सनम सुवाल ,माघ २ ,बनेपा/ देशभर झैं आज बनेपामा विशेष कार्यक्रम आयोजना गरी २० औं भुकम्प सुरक्षा दिवस सम्पन्न भएको छ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने नाराका साथ २० औं राष्ट्रिय भुकम्प सुरक्षा दिवस जिल्लामा पनि हिजो सम्पन्न भयो ।


कार्यक्रममा नाट्यकर्मी महासंघ काभ्रेले प्रस्तुत गरेको भुकम्प सम्बन्धी सडक नाटक निकै प्रभावकारी र आकर्षक रहेको थियो । कमल दाहाल निर्देशित उक्त सडक नाटकमा नाट्कर्मी महासंघ काभ्रेका अध्यक्ष कलाकार तथा निर्देशक अमरकृष्ण चन्द, सुनिता बखुन्छे, सुनिल जिम्बा, सनम सुवाल र कमल दाहालले जिवन्त अभिनय गरेका थिए । भुकम्पमा मानवीय क्षति कसरी कम गर्न सकिन्छ र यस्तो दैविक प्रकोपमा के कस्ता सतर्कता अपनाउँदै सुरक्षित हुन सकिन्छ भन्ने सन्देश सडक नाटक मार्फत जनचेतना फैलाउने उद्धेश्यले सडक नाटक प्रस्तुत गरिएको नाट्यकर्मी महासंघ काभ्रेका अध्यक्ष अमरकृष्ण चन्दले बताए ।


कार्यक्रम अघि बनेपा नगरपालिकाको प्राङ्गणबाट ¥याली सुरु भई तीन दोबाटो, लायकु, तीन धारा गणेशस्थान हुँदै चारदोबाटो ¥याली बिसर्जन गरी भुकम्पबाट मानवीय क्षति न्युनीकरण गर्ने सम्बन्धमा जनचेतनामुलक सडक नाटक प्रदर्शन समेत गरी कार्यक्रम सम्पन्न भएको थियो ।

जिल्ला दैवी प्रकोप उद्धार समिति काभ्रेको आयोजना तथा बनेपा नगरपालिकाको सह आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बनेपाका मेयर लक्ष्मीनरसिंह बादेले भुकम्पबाट मानवीय क्षति कम गराउन सबैले आ–आफ्नै ठाउँबाट लागि पर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । त्यसै गरी प्रमुख जिल्ला अधिकारी शिबप्रसाद सिंखडाले सरकारले तोकेको भुकम्प प्रतिरोधी घरको मापदण्डलाई कडाइका साथ लागु गर्न नगर तथा गाउँपालिकाले विशेष पहल थाल्नु पर्ने औंल्याए ।

उक्त कार्यक्रममा बनेपाका उप मेयर रेखा दाहाल, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, रेडक्रस सोसाइटी काभ्रेका अध्यक्ष रघुबर चौ प्रधान, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सिना, राष्ट्रिय अनुसन्धान काभ्रेका प्रमुख, विभिन्न संघ सस्थाहरु तथा सशस्त्र तथा नेपाल प्रहरीको उल्ेख्य सहभागिता रहेको थियो ।


कम जोखिम विसं १९९० माघ २ गते अपराह्न २ बजेर २४ मिनेटमा गएको भूकम्पको सम्झनामा भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले २०५५ सालबाट यो दिवस मनाउन थालिएको हो ।

पछिल्लो पटक २०७२ मा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाई गएको भूकम्पमा परि ९ हजार भन्दा बढी जनताको मृत्यु हुनुका साथै ८ लाख बढी आवासिय घर, २ सय बढी पुरातात्विक सम्पदा ध्वस्त भएका थिए ।

11365
Shares

ट्रेन्डिङ