शुरुमा मेहेनत गरेकाले अहिले राम्रो फल मिलेको छ

माघ,२२,स्याङ्जा चिन्नेवास १ मा जन्मिएका पिता खुम बहादुर नेपाली र माता कांक्रीमाया नेपालीका माईला छोरा हुन मोडल तथा स्रजक बिजेन्द्र नोवागे नेपाली । सानैबाट नाचगानमा अति नै रुची राख्ने र गाउँघरका विद्यालय साथै क्लबमा हरेक सांगितिक कार्यक्रमहरुमा उपस्थित हुने र आफ्नो कला प्रस्तुत गर्दै नाच्नमा अति नै माहिर मानिने, आफूसँगैका साथीहरु माझ सधै नै उत्कृष्ट हुनुमा उहाँको बच्चा देखि कै रुची एवं उद्देश्यले गर्दा हो भन्छन् यिनै मोडल संजक विजेन्द्र नौवागे

नेपाली । आफ्नो कलाकारितामा केही गरौं केही बनौ भन्दै सिनेमाको हिरो बन्ने उद्देश्य सँगै २०६३ साल कार्तिक महिनमा एक सरा लत्ताकपडा र झोलाको भरमा काठमाडौं आए, सुनौलो सपना बुन्दै हिरो बन्न आएका चिउरा चिनी, पाउरोटी पानीको भरमा कयौं दिन रात कटाएका कयौं दिन भोकै बस्दै संघर्ष गरेको एवं मोडलिङमा व्यस्त यति बेलाका व्यस्त मोडल हुन विजेन्द्र ।

विगत देखि आजसम्मका यात्राहरु दुःख कष्ट, भोगाई, अनुभवहरु यसरी सम्झन्छन् मोडल विजेन्द्र नौवागे नेपाली । उनै मोडल तथा स्रजकसँग काभ्रे सन्देश साप्ताहिकले गरेको कुराकानी अशं ।

– हजुरलाई स्वागत छ काभ्रे सन्देश साप्ताहिक मा ?
धन्यवाद मित्र ।

– मोडलिङ्ग क्षेत्रमा तपाई कति साल देखि सुरु गर्नु भो र कति समय बिताई सक्नु भयो ?
म बच्चा उमेर देखिन नै मोडलिङ्ग रुचि राख्थे । साथीभाईहरु सगँ बच्चामा नै बसेर मोडलिङ्गको अभिनय गर्ने गथे । मेरो मोडलिङ्गको मिडियामा शुरुवात २०६४÷०६५ बाट पहिलो म्युजिक भिडियो बाट अभिनय शुरु गरेको हो । अहिले सम्म निरन्तर लागिरहेको दश वर्ष भयो । अझै यस क्षत्रमा नै लाग्ने सोच बनाई रहेको छु ।

– लगानी गरे अनुसार कतिको फल प्राप्त गर्नु भएको छ त ?
सुरु सुरुमा त निकै नै दुःख हन्डर खाइयो । कहिले चिउराको भरमा त कहिले पाउरोटीको भर र कति दिन भो भोकैको पनि यस क्षेत्रमा लागिरहि । शुरुको मेहेनत गरेकाले अहिले राम्रो फल मिलेको जस्तो लागेको छ ।

– आज भोलि मोडलिङमा कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । गीत, म्युजिक भिडियोको काममा नै मस्त छु । दिन प्रति दिन सुटिङ्गका दिन बढ्दै छन् । काम पाईराको छु खुसि नै छु ।

– तपाई सफल हुनुमा कसलाई श्रेय दिन चाहनु हुन्छ ?
मलाई क्षेत्रमा हैसला दिएर लाग्न सहयोग गनुहुने सर्वप्रथम त बुबा आमा घर परिवार साथै सबै साथीभाईहरुलाई नै श्रेय दिन चाहन्छु र यो क्षेत्रमा ल्याउनुहुने नृत्य तथा अभिनय गुरु अमर ओलीलाई पनि दिन चाहन्छु ।

– तपाईको परिवारमा कति जना सदस्य हुनु हुन्छ ? तपाई कुन चाहि छोरा ?
परिवार धेरै ठूलो छ । २ दिदी बहिनी, ६ जना दाजुभाइ, ५ छोराछोरी भाउजु, बुहारी, श्रीमती साथै बुबा अमा मध्यको माइला छोरा हुँ ।

– ओहो परिवार ठूलो रहेछ । छुट्टाभिन्ना भाको छैन ?
हजुर हाम्रो परिवार ठूलो छ तर छुट्टा भिन्ना भाको छैन । के पाइन्छ र छुट्टिएर ?

– तपाई मोडल मात्र नभई कुशल गितकार पनि हुनुहुँदो रहेछ नी ?
सही कुरा हो मैले केही लोक तथा आधुनिक, स्वदेस गान गितहरु पनि लेखेको छु र पनि म मोडल नै भन्न रुचाउँछु ।

–. त्यसो भए तपाईले लेखेका गितहरुको कसले गाउनु भएको छ ?
सबै नाम लिन अलि गाह्रो छ र पनि राजु परियार, विमा कुमारी दुरा, देवी घर्ती, विनोद, अनिता, सरला, सिडि विजय अधिकारी धेरै जनाले गाउनु भएको छ ।

 

– तपाई गितकार की मोडल ?
हा हा हा म सबै हुँ तर विशेष मोडल नै हुँ ।

– मोडल हुनु सानै देखिको उद्देश्य हो ?
हजुर मेरो सानैबाट सिनेमाको हिरो बन्नु हो त आज सम्म पनि म मोडल नै छु ।

– खुसी हुनुहुन्छ ?
खुसी छु सन्तुष्ट छु ।

– अबको उद्देश्य तपाईको के होला ?
बच्चाबाट नै उद्देश्य बनाएको हुँ, मोडलिङ गरिराछु, गित पनि गरी राछु, सबै सोच एउटै हुन्छ सिनोमाको हिरो बन्ने । मेरो पनि त्यही हो यही क्षेत्रमा काम गरिराछु त्यसकारण पनि मेरो अन्तिम लक्ष्य भनेको मोफसलको हिरो हुनु हो ।

– तपाईको विचारमा कलाकारिता के हो ?
इच्छा आकांक्षा, रुची, उद्देश्य, लक्ष्य सँगै कलाको महिमा खुबी आत्माविश्वासको समिश्रण हो जस्तो लाग्छ ।

-अन्तिममा केही भन्नु छ ?
छ । नेपाली गीत संगितलाई माया गरिदिनुहोला, कलालाई सम्मान गरिदिनुहोला, कलाकारलाई सपोर्ट, हौसला, माया साथ दिनुहोला, नेपाली गित संगित म्युजिक भिडियो सुनेर हेरेर सम्मान गरिदिनुहोला भन्दै मेरौ केही व्यक्तिगत तथा कलाकारीताको अन्तरङ्ग कुराकानी राखिदिन अवसर दिनु भो त्यसको लागि काभ्रे सन्देश साप्ताहिक पत्रिकालाई विशेष धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

 

 

-सन्देश साप्ताहिक बाट

Related News