काभ्रेको बनेपामा ल्होछारको रौनक(फोटो फिचर मा हेर्नुस १८ तस्बिर )

राजकुमार गोले, माघ २९,काभ्रे÷तामाङहरुको महान वर्ष २८५४ औँ खी कुकुर पर्व ल्होछार बनेपामा भब्यताका साथ सम्पन्न गरिएको छ ।
सोही अवसरमा जनप्रतिनिधी तथा सांसदहरुलाई सम्मान समेत गरेका थिए ।

नेपाल लोकतान्त्रिक तामाङ संघ र एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा काभ्रेको संयुक्त आयोजना तथा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा बादलको प्रमुख अतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कलाकारहरु विश्व दोङ, बबिता पाख्रिन, सागर स्याङतान र बसन्ती लामा लगायतले गित प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

जनप्रतिनिधी तथा सांसदलाई सम्मान

काभे् जिल्लाबाट निर्वाचित प्रतिनीधी सभा सांसदहरु र जनप्रतिनधिीहरुलाई सम्मान गरेका छन् ।

सम्मान कार्यक्रममा जिल्लाबाट निर्वा्चित सांसदहरु गंगाबहादुर तामाङ(बमध्वज), गोकुल प्रसाद बास्कोटा र जनप्रतिनीधि मण्डन देउपुरका मेयर टोकबहादुर वाईबा, धुलिखेल नगरपालिकाका उपमेयर बिमला शर्मा। बनेपा नगरपालिकाका उपमेयर रेशा दाहाल, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, लगायतलाई सम्मान गरेका थिए ।

Related News