चलचित्र लिलिबिलीको जापानमा प्रिमियर सम्पन्न, नेपालमा भने चैत्र ३० बाट {फोटो फिचर }

काठमाडौँ, १९ चैत। चलचित्र लिलिबिलीको जापानमा प्रिमियर सम्पन्न भएको छ । नेपालमा चैत्र ३० गते बाट प्रर्दशनमा आउन लागेको लिलिबिली जापानमा भने अर्प्रिल १ मा प्रर्दशन भएको हो । “Destiny Creation japan” को आयोजनामा टोकियोको नकानो जेरो हलमा चलचित्र लिलिबिलीको प्रिमियर गरिएको हो ।

लिलिबिलीको प्रिमियरममा सहभागी हुन नेपालबाट नायक प्रदिप खड्का,नायिका जसिता गुरुङको साथमा निर्माता गोबिन्द शाहि जापान पुगेका थिए । टोकियो बासि नेपालीहरुले चलचित्र लिलिबिली राम्रो लागेको प्रतिक्रिया दिए ।

जापानमा नेपाली चलाचित्रा प्रदर्शन गराउदै आएका ब्यबसायी इश्वोर श्रेष्ठले चलचित्रमा समाबेस गरिएको विदेशको दृश्य अनि नव नायिका जसिता गुरुङको काम अबल रहेको बताए ।

त्यस्तै अर्का चलचित्र प्रेमी सुबास लामिछानेले पनि चलचित्र उत्कृस्ट बनेको प्रदिप खड्काको काम तारिफ योग्य रहेको बताए । यित केहि प्रतिनिधि पात्र मात्र हुन् । जापानमा लिलिबिली हेर्ने अधिकांशले चलचित्रको खुलेरै तारिफ गरे । मिलन चाम्स निर्देशित चलचित्र नेपालमा भने कस्तो हुने हो त्यो चैत्र ३० पछि नै थाहा हुने छ ।

फोटो : श्रवण भट्टराई

Related News