नायिका करिष्मा कपुर नेपालमा

बैशाख २४,बलिउडकी नायिका करिष्मा कपुर नेपाल भित्रिदै छिन् । उनी एक गहना शोरुमको उद्घाटनका लागि नेपाल आउन लागेकी हुन् ।मेरिगोल्ड सयपत्री ज्वेलर्सको दरबारमार्गमा खोलिएको नयाँ शोरुमको उद्घाटन सोमबार हुन लागेको हो ।

करिष्मा बिहान ९ बजे नेपाल अवतरण गर्ने शोरुमका मिडिया संयोजक शम्भु अधिकारीले जानकारी दिए ।उनले दिउँसो साढे १२ बजे रिबन काटेर नयाँ शोरुमको उद्घाटन गर्ने अधिकारीले बताए ।
करिष्माको नेपाल बसाई कति लामो हुने हो त्यसबारे जानकारी आइसकेको छैन .

-रातो पाटी बाट

Related News