मोहन तिमल्सिना अभिनित ‘NEXT TIME’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

वैशाख २५, भक्तपुर । मोडलिङ जगतमा भर्खरै पाईला टेकेका मोहन तिमल्सिनाको अर्को नयाँ भिडियो बजारमा आएको छ । सनमुन मोसन पिक्चर्स ग्रुपले आफनो युट्युब च्यानल मार्फत ‘NEXT TIME’ बोलको गीतको भिडियोमा मोहन तिमल्सिनाले आफ्नो अभिनयलाई अझै निर्खाने प्रयास गरेका छन् । मोडलिङ मार्फत् आफ्नो पहिचान बनाउन संघर्षरत काभ्रे ढुंर्खकका तिमल्सिनाले यस अघि ’हेर हेर कान्छी मोरीलाई’ बोलको लोक दोहोरी गीतको म्युजिक भिडियोमा पनि अभिनय गरिसकेका छन् ।

संञ्जय धमलाको निर्देशनमा तयार भएकोे भिडियोमा मोहन तिमल्सेना र जान्वी बस्नेतको अभिनय तथा नृत्यले भिडियो अझ बढी रोचक देखिएको छ । ‘NEXT TIME’ बोलको गीतमा सरिता प्रजापतिको स्वर, गणेश श्रेष्ठको शब्द तथा अनिश श्रेष्ठको संगीत रहेको छ भने मनिषा चौधरीको कोरियोग्राफी रहेको छ । करिब डेढ वर्षदेखि सक्रिय उक्त ग्रुपले युट्युब च्यानल मार्फता कभर भिडियोहरुबाट आफनो यात्रा शुरु गरेको हो ।
हेर्नुहोस् भिडियो:-

Related News