नेपाली चलचित्र कोहलपुर एक्स्प्रेसको जापान भव्य प्रदर्शन

जापान, जेठ २१ । नेपाली चलचित्र कोहलपुर एक्स्प्रेसको जापान प्रदर्शन सफलता पुर्बक सम्पन्न भएको छ । चलचित्र हेर्न टोक्योको नाकानो जिरो हलमा आइतबार साँझ दर्शकहरुको राम्रै उपस्थिती रहेको आयोजक ॐ शान्ति ॐ ईन्टरटेनमेन्टका ईश्वर श्रेष्ठले जापानबाट सबैको समाचारलाइ जानकारी गराए । चलचित्र कोहलपुर एक्स्प्रेसको प्रदर्शनका लागि नायिकाद्वय प्रियंका कार्की र केकि अधिकारी जापान पुगेका छन् ।

चलचित्र प्रदर्शनका लागि जापान पुगेका नायिकाहरु केकि अधिकारी र प्रियंका कार्की पनि आफ्नो चलचित्रको विशेष प्रदर्शनबाट खुशी र उत्साहित भएका छन् । डेस्टिनि क्रियसन जापानको व्यवस्थापनमा भएको कार्यक्रम समग्रमा सफल भएको र आगामी दिनहरुमा पनि नेपाली चलचित्रहरुको जापानमा प्रदर्शनलाई निरन्तरता दिइने ईश्वरले बताए ।

कोहलपुर एक्स्प्रेसलाई बिशाल भण्डारीले निर्देशन गरेका हुन् । यसै चलचित्रबाट केकि अधिकारीले निर्माणमा पाईला चालेकी हुन् । यस चलचित्रमा प्रियंका कार्की, रिचा शर्मा, केकी अधिकारी, बिनोद न्यौपाने, बुद्धी तामाङ, रबिन्द्र झा र बाल कलाकार कुशाग्र भट्टराई लगायतको अभिनय रहेको छ ।

Related News