‘आधासत्य’को सार्वजनिकीकरण

काठमाडौँ, असार ११ ; नेपाली साहित्य श्रीवृद्धिको कार्यमा सहयात्री दर्पण नेपाल कोसेढुंगा साविक हुने धारणा सामान्य प्रकाशन तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले राखेको छ । राजधानीमा असार ९ गते शनिवार आयोजित एक कार्यक्रमबीच मन्त्री सहयात्री दर्पण, नेपाल नामक संस्थाको समुद्घाटन गर्दै मन्त्री पण्डितले उक्त धारणाराखेको हो । सो अवसरमा उपन्यासकार भगवती ढुङ्गेलद्वारा लिखित उपन्यास ‘आधासत्य’को मन्त्री पण्डितले लोकार्पण गरेको थियो l

समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बरालले नेपालीको झापामा जन्मेकी चेलीले देशविदेशमा पुगेर पनि साहित्य र संस्कृतिलाई बिर्सनु हुँदैन भनेर आधासत्य सिर्जना गरेकोमा बधाई दिँदै साहित्यका अतिरिक्त सामाजिक सेवा कार्यक्रमा अगाडि बढ्नको लागि भगवती ढुङ्गेललाई शुभकामना व्यक्त गर्नुभयो ।सो अवसरमा पारी विभिन्न स्रष्टा तथा समाजसेवी, सञ्चारकर्मी एवं संस्थाका आजीवन सदस्यहरुलाई सम्मानीत गरिनुका साथै प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

यसरी सम्मानीत हुनेहरुमा पत्रकार तथा सर्जक मदनकृष्ण सिलवाल, युवा गायक मानव कालुङ, प्राकृतिक चिकित्सा व्यवसायी विनोदकुमार भण्डारी, महिला उद्यमी एवं समाजसेवी विना कुम्पाख, युवा खेलाडी सपना ढकाल लगायत सम्मानीत भएका छन् ।साहित्यिक मनहरुको संगमको रुपमा सहयात्री दर्पण नेपाललाई हामीले स्थापना गरेका हौँ, जो स्वदेश र विदेशमा रहेर सिर्जना गरिरहनु भएका छ, त्यस्ता व्यक्तिहरुलाई समाहित गराउँदै उहाँहरुकै सिर्जनालाई सम्पादन प्रकाशन गर्ने कार्यमा सहयात्री दर्पण नेपालले एउटा सहकार्य गर्दै आगामी दिनमा अघि बढ्ने प्रतिबद्धता भने सहयात्री दर्पण नेपालका अध्यक्ष गोविन्द कँडेल आँसुले सभा विर्सजन गरेका थिए ।उक्त कार्यक्रमको संचालन भने संचारकर्मी पुजन धितालले गरेको थियो l

Related News