सोनाम ग्याल्मो’ नियमित मञ्चनमा

काठमाडाैं, १३ असार । सेलो नाट्य महोत्सव २०७५ मा उत्कृष्ट दरिएका नाटकहरुमध्ये ‘सोनाम ग्याल्मो’को नियमित मञ्चन सोमबारबाट सुरु भएको छ ।  यहि असार ८ देखी १० सम्म चलेको दुई देशिय नाट्य महोत्सवमा समेत भाग लिएको नाटक ‘सोनाम ग्याल्मो’ दर्शकको अपार माया र माग अनुसार बत्तिसपुतली (होटल द्धारिकाको अपोजिट) स्थित शिल्पी थिएटरमा मञ्चन थालेको सेलो थिएटरका संयोजक शान्ति लामाले जानकारी दिनुभयो ।

नाटक ‘सोनाम ग्याल्मो’ लाई हालै सम्पन्न सेलो नाट्य महोत्सवमा प्रश्तुत गरिएपछि अहिले अझै परिष्कृत गरी आधुनिक शैलीमा मञ्चन थालिएको उहाँको भनाई छ । उहाँका अनुसार यो नाटक यहि असार २५ गतेसम्म मंगलबार वाहेक अन्य बारहरुमा साँझ ५ बजे(शनिबार दिउँसो १ बजेपनि) मञ्चन हुनेछन् ।  फूलमान वलको लेखन र सोनाम तामाङको निर्देशन रहेको ‘सोनाम ग्याल्मो’ जंगबहादुर राणाको मृत्यु सम्बन्धी तामाङ समुदायमा प्रचलित मिथमाथि आधारित छ । सर्लाहीको पत्थर घट्टमा जंगबहादुरलाई तामाङ जारले काटेको किम्बदन्तीलाई नाट्य रुपान्तरण गरिएको नाटककार वलले बताउनुभयो ।

नाटकका कलाकारहरु समेत यो नियमित मञ्चनमा पनि दर्शकको साथ पाउनेमा विश्वस्त छन् । ऐतिहासिक मिथमा आधारित नाटकले धेरैको मन छुने उनिहरुको भनाई छ । नाटक टोलीलाई उत्साह दिन दर्जन भन्दा बढि तामाङ फिल्म खेलेकी नायिका चाँदनी लामासँगै गायक सुसन लामा,फूलकुमार बमजनले पनि शसक्त भुमिका निर्वाह गरिरहेका छन् । ति हस्तीहरुका साथै ‘नीरफूल’ नायिका शान्ति वाइबा,निशा पाख्रिन,सोनाम तामाङ,सन्तोष तामाङ,विजय तामाङ,उमेश तामाङ,देवीन चौधरी लगायतका दर्जन कलकाकारहरुले मन छुने अभिनय गरेका छन् ।

Related News