पात्लेखेतमा असारे रौनक : मेयर बाउसे, वडा अध्यक्ष हली (फोटो फिचर )

काभ्रे,असार,२०,पुजन धिताल;धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्लेखेत डाडागाउँमा रोपाइँ कार्यक्रम सम्पन्न भएको छ l रोपाइँ कार्यक्रममा ताईवानबाट घुम्न आएका पर्यटकहरुले बाजागाजा सहित खेतमा धान रोपेका हुन् l

साथै धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जुले खेतमा बाउसे गरेका थिए भने वडा अध्यक्ष बिष्णु धिताल “काभ्रेली “ले खेतमा गोरु जोतेर कार्यक्रमको झन् रौनक बढाएका थिए l कार्यक्रम पात्लेखेत होमस्टेकको आयोजनामा गरिएको हो l

कार्यक्रममा धुलिखेल नगरपालिकाका मेयर अशोक ब्यान्जु ,धुलिखेल ११ का वडा अध्यक्ष बिष्णु धिताल ,वडा सचिब शुवर्ण दास श्रेष्ठ,पुर्ब गाबिस अध्यक्ष एबम पात्लेखेत होमस्टेका अध्यक्ष केशब बडाल ,होमस्टे परिवार लगायत स्थानीय बासिन्दाहरुको उल्लेखिनीय सहभागिता रहेको थियो l

परम्परागत सस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रम आयोजना गरिएको पात्लेखेत होमस्टेका अध्यक्ष केशब बडालले जानकारी दिएl

Related News