संचारकर्मि गौतमद्वारा निर्मित लाेक नाटक लिलामे माईलाे प्रदर्शनको तयारीमा (पुरा भिडियो सहित्)

धुलिखेल ,९ कात्तिक : नेपाली लोक नाटक लीलामे माइलोको प्रोमोसन भिडियो सार्वजनिक गरिएको छ । दर्शकहरुलाई नाटक हेर्न जाउँ-जाउँ हुने गरी हुर्रा नृत्यमा भिजुओल बाट निम्तो दिईएको छ ।

नेपालमा पहिलो पटक यसरी नाटकको प्रोमोसन भिडियो बनाएको नाटकका कार्यकारी निर्माता राजाराम गौतमको दाबी छ । नाटकमा प्रयोग गरिएका सम्पुर्ण भिडियोहरु १ महिना अगाडि लिलामे माइलोको कलाकार सहितको टोली चरित्र निर्माणका लागि मोरङ जिल्लाको लेटाङको राजारानी क्षेत्रमा पुग्दा खिचिएका हुन् ।

गितको शब्द शितल कादम्बिनी र नाटकका निर्देशक प्रभाकर न्यौपाने, स्वर शितल कादम्बिनिका साथमा हुर्रा टोलीहरु, लाइभ म्युजिक प्रकाश घिमिरे र साथमा साथिहरुको रहेको छ । लिलामे माइलो नाटकको लागि चरित्र निर्माणको क्रमा कलाकार टोलिले गरेका सम्पुर्ण गतिबिधिलाई समेट्ने काम युसव गौतमले गरेका थिए ।

भिडियो बाट नाटकहेर्न बोलाउने मात्र नभई लेटाङको राजारानी क्षेत्रलाई पनी पर्यटन प्रवद्दनमा सघाउन पुग्ने छ । नाट्य रुपान्तरण : राज थापा काउचा, कथा÷निर्देशक : प्रभाकर न्यौपाने रहेका छन् । प्रयोगवादी नाटकलार्य फिल्ड्मा कलाकार गएर चरित्र निर्माण गर्दा कलाकारहरुलाई सजिलो हुने नाटकका निर्देशक तथा लेखक प्रभाकर न्यौपानेको भनाइ छ ।

भिडियो निर्माण नाटकका कार्यकारी निर्माता राजाराम गौतमले गरेका हुन् । मंसिर १४ गते देखि पुस ७ गते सम्म कुञ्ज नाटक घर नयाँ बानेश्वर थापागाउँ, सी.डी.ओ टोलमा नाटक मञ्चन हुने छ ।

भिडियो हेर्नको लागि तलको लिन्कमा क्लिक गर्नुहोस :

Related News