धर्नामा बसेका निर्मलाका आमा–बुवाको स्वास्थ्य चिन्ताजनक

कञ्चनपुर,,कात्तिक,२९,छोरीको न्यायका लागी धर्नामा बसेका मृतक निर्मला पन्तका आमा–बुवा बिरामी परेका छन् । हत्या भएको लामो समयसम्म न्याय नपाएको भन्दै निर्मलाका आफन्त गत आइतबारदेखि कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा धर्ना बसेका छन् ।

उनिहरुमा चिसोका कारण रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएको माहाकाली अञ्चल अस्पतालका चिकित्सक डा. किशोर बोहराले बताए ।

निर्मलाका बुवा यज्ञराजलाई ज्वरो, रक्तचाप घटेको र आमा दुर्गादेवीको पनि रक्तचाप घटेको उनले बताए ।

 

दुवै जनाको रगत जाँच पछि थप उपचार बारे निर्णय गरिने डा. बोहराले बताए । निर्मलाको परिवारको स्वास्थ्य अवस्था बिग्रिदै गएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुबेर कडायतले धर्ना स्थलमा पुगेर स्वास्थ्यकर्मीसँग पीडित परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।

Related News