निर्माण उपकरण प्रदर्शनी भक्तपुरमा

काठमाडौँ,५,मङ्सिर,भक्तपुरमा बृहत् निर्माण उपकरण प्रदर्शनी बिहीबारदेखि हुने भएको छ । कन्फिडेरेसन अफ इण्डियन इण्डस्ट्री (सिआइआई) को आयोजना र नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा सल्लाघारीमा बृहत् कन्सट्रक्सन इक्विपमेन्ट प्रदर्शनी हुने भएको हो ।

निर्माण व्यवसायी महासङ्घका कार्यकारी महासचिव हिरणकुमार श्रेष्ठले मङ्सिर ६ देखि ८ गतेसम्म दुई दिन चल्ने प्रदर्शनीमा सम्पूर्ण कन्सट्रक्सन उपकरण राखिने जानकारी दिनुभयो ।

उहाँका अनुसार उपकरणको बिक्री–वितरणसँगै प्राविधिक जानकारी बाँडफाँटसमेत गरिनेछ । ‘कोन म्याक’ नाम दिइएको प्रदर्शनीमा ८० प्रतिशत विदेशी र २० प्रतिशत स्वदेशी सामानको प्रदर्शनी हुने आयोजकले जनाएका छन् । मेलामा उपकरणको बिक्री–वितरणसँगै प्राविधिक जानकारीसमेत बाँडफाँट हुने बताइएको छ ।

Related News