यसरी दिइदैछ विदेशबाट फर्किएका लाई ऋण,ऋण लिन यसरि भर्नुस दरखास्त

काठमाडौं,७,कात्तिक,सरकारले वैदेशिक रोजगारीबाट नेपाल फर्केका युवाहरुलाई व्यापार, व्यवसाय गर्न सहुलियत ब्याजमा ऋण प्रदान गर्ने भएको छ ।

त्यसका लागि सरकारले वैदेशिक रोजगारीको क्रममा विशेष ज्ञाप, शिप तथा दक्षता आर्जन गरेर नेपाल फर्की व्यवसाय उद्यम गर्न इच्छुक नेपालीलाई वैदेशिक रोजगार प्रर्वद्धन बोर्डमा निवेदन तथा सुचिकरण गर्न आह्वान गरेको छ ।

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ब्याज अनुदान सम्बन्धी कार्यविधि-२०७५ अनुसार विदेशबाट फर्किएकालाई पुसको मसान्त भित्रै बोर्डको कार्यालयमा निवेदन दिन सुचना प्रकाशन गरेको हो ।

५ वर्षका लागि दिइने सो ऋणमा बैंकले ब्याजको आधार दरभन्दा दुई प्रतिशत बढी ब्याज तोक्न पाउने छैनन् । सरकारले यस्ता क्षेत्रमा ऋणहरू परिचालन गर्दा ब्याजमा ५ देखि ६ प्रतिशत अनुदान दिनेछ । यो हुँदा ऋणीले बैंकको ब्याजदरमा आधा र त्यसभन्दा बढी सहुलियत पाउने अवस्था बन्नेछ । यस्तो ऋणमा अतिरिक्त कुनै पनि शुल्क लिन नपाइने व्यवस्था छ ।

विदेशबाट फर्किएकाले परियोजना नै धितोमा राखेर १० लाखसम्म ऋण लिन पाउनेछन् । त्यसका लागि परियोजना नै धितोमा राख्नुपर्छ । १० लाखभन्दा कम ऋण दिँदा अनिवार्य निक्षेप सुरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ । कर्जा सुरक्षण गर्दा लाग्ने शुल्कको ७५ प्रतिशत सरकारले नै तिर्नेछ भने बैंकले २५ प्रतिशत ब्यहोर्नेछन् । तोकिएको अवधिसम्म ऋण नतिरिए बैंकले सुरक्षण कोषबाट रकम लिन सक्छ ।

यदि लिएको ऋण नतिरेमा ऋणीलाई कालोसूचीमा राखिनेछ । सरकारले राहदानी पनि रोक्का गर्ने र ऋणीको चलरअचल सम्पत्तिको विक्री वितरणमा रोक लगाउनेछ । बैंक खाताहरु रोक्का गरेर सरकारी सेवा सुविधा खोस्ने व्यवस्था कार्यविधिमै छ ।

Related News