किसानको गाइगोठमा कृषि मन्त्री

काभ्रे,मङ्सिर,८,कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनाल अकस्मात रुपमा शनिबार धुलिखेल नगरपालिकास्थित पात्लेखेतका रामबहादुर गौतमको गाईगोठ निरीक्षण गर्न पुगे।  मन्त्री खनाल त्यहाँ पुग्दा गौतम आफ्नो कृषि कर्ममा तल्लिन थिए । यद्यपि मन्त्रीलाई अकस्मात गोठमा देखेपछि उनि अचम्मित र खुशी भए ।

कृषिमा युवाको चासो बढाउन मन्त्री खनालले किसानको घर गोठमा पुग्ने तदारुकता देखाएका छन्। यस कार्यको पात्लेखेतका जनताले खुलेर प्रशंसा गरेका छन् । कृषि क्षेत्रको विकास तथा विस्तारका लागि राज्यले अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था गरेको छ । त्यसको प्रभावकारी कार्यान्वयनका लागि विभागीय मन्त्रीले किसानको घर गोठमा पुग्दा धेरै विषयको जानकारी प्राप्त हुने धारणा कृषिविज्ञ कृष्ण पौडेलको छ ।

कृषक गौतमले झण्डै ८०० रोपनी जग्गामा तरकारी तथा फलफूल र ३०० भन्दा बढी गाईपालन गरेर उदाहरणीय काम गरेका छन्  । हालै गरिएको एक अध्ययनले नेपालको ४२ प्रतिशत जमिन बाँझो देखिएको छ तरपनि मलेसिया र खाडी मुलुकमा मात्र २० देखि ३५ वर्ष उमेर समूहका ४० देखि ५० लाख युवा वैदेशिक रोजगारमा जानुले मुलुकमा कृषि परनिर्भरता बढेको छ ।

मन्त्री खनालले खेतीबाट फाइदा हुन सक्छ भन्ने हिस्सा सानो रहेको र केही गर्छौ भन्नेसँग श्रम, प्रविधि र जमिनको अभाव रहेकाले कृषिमा परनिर्भरता बढेको बताए ।

Related News