चर्चित बलरहरुलाई पछि पार्दै सन्दीप बने सर्वाधिक विकेट लिने बलर

काठमाण्डौ,मङ्सिर्,१४,सन्दिप लामिछाने सर्बाधिक विकेट लिने बलर बनेका छन् । ध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिदैँ सन्दीप सर्बाधिक विकेट लिने बलर बनेका हुन् ।

सन्दीपले जारी तेस्रो खेलमा दुई विकेट लिदैँ ताम्बेसँग बराबरी गरेका हुन् । अौषतका आधारमा भने ताम्बे पहिलो स्थानमा छन् । यद्दपी ताम्बेले २ खेलमात्रै खेलेका छन् ।

केरालाको टोलीमा भने सन्दीप सर्बाधिक विकेट लिने बलर हुन् । सन्दीप ६ विकेटसहित टोलीको शीर्ष स्थानमा हुँदा दोस्रो स्थानमा रहेका उनका सहकर्मी फावियन अलिन (वेस्ट इण्डिज) ले २ विकेट मात्रै लिन सकेका छन् । केरालाले तीन खेलमा ९ विकेट लिदा सन्दीप एक्लैले ६ विकेट लिएका हुन् ।

Related News