कान्तिपुर दैनिक लाई युवा संघ को चुनौति

काठमाडौं,मंसिर १८,  प्रधानमन्त्री केपी शर्मा ओलीले एक लाख डलरको पुरस्कार लिनु गैरसंबैधानिक भन्दै कान्तिपुर दैनिकले समाचार दिएपछि युवा संघ नेपालले सार्वजनिक रुपमा बहश गर्न सम्पादक नारायण वाग्लेलाई खुल्ला चुनौती दिएको छ ।

युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले सतप्रतिशत झुटो र भ्रमित समाचार प्रकाशन गरेर पत्रिकामाथिकै बिश्वसनीयता समाप्त पारेको भन्दै आफूहरु सवै प्रकारको कानूनी उपचारमा जाने घोषणा गर्नुभएको हो । पौडेलले कान्तिपुर दैनिकका सम्पादक वाग्लेलाई पत्रकारिताको आवरणमा संबिधानमा हुँदै नभएको बिषय राखी जनतामा भ्रम छर्ने, नेकपा रबर्तमान सरकारबिरुद्ध मिसन चलाउने काम गर्नुभन्दा खुला रुपमा घोषणा गरेरै राजनीतिमा आउन पनि चुनौती दिनभएको छ ।

‘कान्तिपुर दैनिक निरन्तर र श्रृङ्खलाबद्द रुपमा नेकपा र बर्तमान नेकपा नेतृत्वको केपी ओली सरकारका बिरुद्ध छ । नेपालमा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नका लागि वर्तमान सरकारलाई हुँदै र गर्दै नगरेका बिषयमा भ्रम छर्ने मात्र होईन, पीत पत्रकारिताको गतिलो उदाहरणका रुपमा यो पत्रिका दिखिएको छ । जस्को अंक २३८ अर्थात २०७५ १८ मंसिरको अंकमा मन्त्री परिषद छलेर अवार्ड ,शिर्षकको समचारमा संविधान ऐन, कानुनको हवला दिएर यो समचार छापीएको छ,’ पौडेलले सार्वजनिक रुपमा प्रतिवाद गर्दै भन्नुभएको छ ।

उहाँले संबिधानको ब्यवस्थासमेत उधृत गर्दै समाचार झुटो भएको तथ्य राख्नुभएको छ । ‘मन्त्रिपरिषदको स्वीकृति विदेशी सरकारबाट अवार्ड लिदा मात्र लिने हो । गैससबाट लिदा होईन । संविधानको धारा २७७ मा उपाधि, सम्मान र बिभुषण शिर्षकमा विदेशी सरकारले दिने अवार्ड मात्र मन्त्री परिषद्ले निर्णय गरेर लिने भन्ने ब्यावस्ता छ । तर, किन यही बिषयमा कान्तिपुर झुट समचार लेख्छ ? यस्को एउटै कारण छ, सरकार र कम्युनिस्ट पार्टीको बदनाम गर्नु र समाप्त गर्नु,’ पौडलले भन्नुभएको छ, ‘त्यसैले आज सार्वजनिक रुपमा उद्घोषसहित हामी भन्दैछौं कानुनी उपचार लगायतका सबै बैधानिक बाटाहरुको प्रयोग गरेर प्रोपोगाण्डा जर्नालिजम र यल्लो जर्नालिजमका बरुद्द्ध आम जनताको सही सूचनाको हकका रक्षार्थ हामी लाग्ने छौ । र, कानुनी बाटो अबलम्वन गर्नेछौं । नारायण वाग्लेजी हेक्का रहोस, तपाईंको मिसन हामीलाई थाहा छ ।’

यस्तो छ पौडेलको खुला चुनौती

कान्तिपुर दैनिक निरन्तर र श्रृङ्खलाबद्द रुपमा नेकपा र बर्तमान नेकपा नेतृत्वको केपी ओली सरकारका बिरुद्ध छ । नेपालमा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्नका लागि वर्तमान सरकारलाई हुँदै र गर्दै नगरेका बिषयमा भ्रम छर्ने मात्र होईन, पीत पत्रकारिताको गतिलो उदाहरणका रुपमा यो पत्रिका दिखिएको छ । जस्को अंक २३८ अर्थात २०७५ १८ मंसिरको अंकमा मन्त्री परिषद छलेर अवार्ड ,शिर्षकको समचारमा संविधान एेन ,कानुनको हवला दिएर यो समचार छापीएको छ, पौडेलले सार्वजनिक रुपमा प्रतिवाद गर्दै भन्नुभएको छ ।

उहाँले संबिधानको ब्यवस्थासमेत उधृत गर्दै समाचार झुटो भएको तथ्य राख्नुभएको छ । मन्त्रिपरिषदको स्वीकृति विदेशी सरकारबाट अवार्ड लिदा मात्र लिने हो । गैससबाट लिदा होईन । संविधानको धारा २७७ मा उपाधि, सम्मान र बिभुषण शिर्षकमा विदेशी सरकारले दिने अवार्ड मात्र मन्त्री परिषद्ले निर्णय गरेर लिने भन्ने ब्यावस्ता छ ।

तर, किन यही बिषयमा कान्तिपुर झुट समचार लेख्छ रु यस्को एउटै कारण छ, सरकार र कम्युनिस्ट पार्टीको बदनाम गर्नु र समाप्त गर्नु, पौडलले भन्नुभएको छ, त्यसैले आज सार्वजनिक रुपमा उद्घोषसहित हामी भन्दैछौं कानुनी उपचार लगायतका सबै बैधानिक बाटाहरुको प्रयोग गरेर प्रोपोगाण्डा जर्नालिजम र यल्लो जर्नालिजमका बरुद्द्ध आम जनताको सही सूचनाको हकका रक्षार्थ हामी लाग्ने छौ । र, कानुनी बाटो अबलम्वन गर्नेछौं । नारायण वाग्लेजी हेक्का रहोस, तपाईंको मिसन हामीलाई थाहा छ ।

 

 

 

-जनाता टाइम्स बाट

Related News