ट्रकको ठक्करबाट एकको मृत्यु

धादिङ,मंसिर,२०,धादिङको गजुरी गाउँपालिका १ गजुरी बजारमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

बिहीबार दिउँसो काठमान्डौबाट मुग्लिन तर्फ जाँदै गरेको ना ६ ख ७६२३ नम्बरको ट्रकले ठक्कर दिँदा एक महिलाको घटना स्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने अन्दाजी ४० बर्षीय महिलाको सनाखत हुन सकेको छैन । शवलाई पोष्ट मार्टमको लागि गजुरी अस्पताल राखिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Related News