सञ्चारमाध्यामले सरकारबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरे : सञ्चारमन्त्री बास्कोटा

काठमाडौं,मंसिर,२०, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यामले सरकारबारे भ्रमपूर्ण समाचार सम्प्रेषण गरिरहेको आरोप लगाएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले ‘एसिया प्यासिफिक समिट’मा सहभागिताको विषयलाई लिएर विभिन्न सञ्चारमाध्यामले सरकारलाई आपेक्ष गराउने गरी तथ्यलाई तोडमोड गरेर सञ्चार सम्प्रेषण गरेको उल्लेख गर्दै त्यसो नगर्न पनि सचेत गराए ।

बिहिबार सोमबारको मन्त्रिपरिषद बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो समिट पटक–पटक भएपनि सञ्चार माध्यामले यो पटक मात्रै भएजसरी समाचार सम्प्रेषण गरेको आरोप पनि लगाए ।

गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरु सहभागी हुँदै आएको समिटमा वर्तमान सरकारमात्रै सहभागी भएजसरी भ्रमपूर्ण समाचार आएको मन्त्री बास्कोटाको दावी छ । मन्त्री बास्कोटाले मन्त्रिपरिषद बैठकको निर्णयबारे आफूसँग जानकारी लिएर मात्रै समाचार सम्प्रेषण गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गरे । प्रधानमन्त्री केपी ओलीको विवादास्पद संस्थाले आयोजना गरेको सो समिटमा भएको सहभागिता आफैं विवादमा तानिएको छ ।

मन्त्री बास्कोटाले सरकारले सूचना नलुकाएको दावी पनि गरे । उनले समाचारलाई तोडमोड गर्ने काम भएपछि सरकारले त्यसो हुन नदिन व्यवस्थित ढंगले मन्त्रिपरिषद बैठकको निर्णयबारे जानकारी दिन छुट्टै पत्रकार सम्मेलन गर्नु परेको पनि स्पष्ट पारे ।

 

 

 

-रातो पाटी बाट

Related News