काभ्रेमा पुरुष भलिबल प्रतियोगिता सम्पन्न,खानिखोला प्रथम

सनम सुवाल,काभ्रे,मङसिर्,२३,धुलिखेलनगर अन्तर्गत रहेको न्यु गौखुरेस्वर युवा क्लब द्वारा आयोजित जिल्ला प्यापी पुरुष भलिबल प्रतियोगिता कार्यक्रम सम्पन भएको छ ।सो प्रतियोगिता भने मंसिर १८गते सुरु भैइ अन्त्य २३ गते आज समापनसमरोह सहित समापन गरियो ।

 

यस प्रतियोगितामा काभ्रे जिल्लाका विभिन्न ठाँउबाट १२वटा टिम सहभागी भएको थिए।१२वटा टिम मध्ये प्रथम खानीखोला गाउँपालिका भएको हो भने ,दोस्रो स्थान भने महाभारत गाउपालिका टिम ले लिएको हो तेस्तै तेस्रो आयोजक नै न्यु गौखुरेस्वर युवा क्लबले हात पारेको हो । सान्त्वना भने लड्केशोर युवा क्लबले हात पारेको हो ।

 

क्रमश पहिलो हुनेलाई३००००,दोस्रोलाई २०००० र तेस्रो लाई १००००,तेस्तै सात्वनालाई ५०००नगद सहित प्रसम्शा पत्र मेड्ल वितरन गरेको छ ।यस कार्यक्रमको प्रमुख अतिथी केन्द्रिय सदस्य तथा पुर्ब माननीय सासद शिव हुमागाईले मन्तव्य राख्दै खेल शारीरिक रुपमा स्वस्थताको लागि आवश्यक पर्छ।खेल खेल्न मात्र होइन अन्तर्राष्ट्रिय जगतमा प्रारम्भ भैइ सकेको छ।

 

काभ्रेका पुर्व खेलाडिहरुलाई सम्मान गरेकोमा आभार ब्यक्त गर्दै आफू सम्लित भएको सस्थाबाट निरन्तर यस सस्थालाई साथ र सहयोग दिने प्रतिबद्धता व्यक्त गरेका हुण कार्यक्रममा धुलिखेल नगरका वडा अधक्छ ,राजनितिज्ञ खेलप्रेमी समाजसेबी पत्रकार लगाएतको वाक्लो उपस्थिती रहेको थियो ।कार्यक्रमको सन्चालन सन्चारकमी पुजन धिताले गरेका हो।

Related News