आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ पहिलो स्थानमा बाल्मिकी शिक्षा सदन, दोस्रोमा आयोजक स्मल हेभन स्कुल

चितवन,मङसिर्,२३,चितवनमा जारी आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ सम्पन्न भएको छ । स्मल हेभन स्कूल, कल्याणपूर चितवनको गौरवमय एव भव्य रुपमा आठौँ अन्तर विद्यालय एथ्लेटिक्स मिट २०७५ को आयोजना गरेको थियो ।

भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालले मंसिर २० गते उद्घाटन गरि सुरभएको प्रतियोगिता ३ दिन सम्म चलेको थियो । प्रतियोगितामा बाल्मिकी शिक्षा सदन प्रथम स्थान हासिँल गरेको छ बाल्मिकिले प्रतियोगिता भर ९ वटा स्वर्ण, ६ रजत र ५ कास्य गरि कुल २० पदम जित्न सफल भएको छ । दास्रो हुने स्मल हेभन स्कुलले ८ स्वर्ण, ६ रजत र ५ कास्य पदक जित्न सफल भएको छ भने तेस्रो हुने प्याराडाईज इङलिस स्कुलले ४ स्वर्ण, २ रजत र २ कास्य गरि कुल ८ पदक जितेको छ । चौथो स्थान हाँसिल गर्ने मिलन बोर्डिङ स्कुलले १ स्वर्ण, ३ रजत र १ कास्य गरि कुल ५ पदक जित्न सफल भएको छ ।

उत्कृष्ट अनुशाषित विद्यालयमा मिलन अंग्रेजी बोर्डिङ स्कुल, उत्कृष्ट कबड्डि प्लेयर र उत्कृष्ट एथलेटिक्स छात्रा तर्फ प्याराडाइज इङलिस स्कुलका छात्रा रश्मि अधिकारी र सजिना लामिछानेले क्रमश जितेका छन् । उत्कृष्ट एथ्लेटिक्स छात्र तर्फ बाल्मिकी शिक्षा सदनका विनय ओझा ले जितेका छन् ।

चितवन जिल्ला र आसपासका छिमेकि जिल्लाहरुका २८ विद्यालयहरुको विशेष सहभागिताका रहेको एथ्लेटिक्स मिटमा छात्रा तथा छात्राहरुको गरी ३० बटा भन्दा बढी इभेन्टहरु संचालन भएको स्मल हेभन स्कूलका प्रिन्सिपल प्रशान्त कुमार नेपालले जानकारी दिनुभयो ।

लिटल एन्जल स्कूल, ललितपुरको व्यवस्थापनमा संचालित नमुना विद्यालयको रुपमा रहेको स्मल हेभन स्कूल कल्याणपुरले स्थानीय स्तरमा खेलकुदको विकासको लागि यो किसिमको प्रतियोगिता विगत ८ वर्ष देखि गर्दै आईरहेको प्रतियोगिताको मिडिया संयोजक लुक्स नेपाल इभेन्ट एन्ड मिडिया प्रा.लि अध्यक्ष शुभराज तिमल्सिनाले जानकारी दिनुभयो ।

Related News