परदेशीको जीवन खुकुरीको धारमा: राम धिताल

परदेशीको सन्देश

० आजभोलि तपाई कता हुनु हुन्छ ?
आज भोलि म वैदेशिक रोजगारीको शिलसिलामा दुबैमा छु ।

० बैदेशिक रोजगारीमा जाने सोच कसरी विकास भयो ?
गाउँमा सबै वैदेशिक रोजगारमा जानी आउने क्रम बढेको हुँदा मलाई पनि एक पल्ट वैदेशिक रोजगारमा जाने सोच बिकास भयो ।
० तपाईको बैदेशिक बसाईको क्रममा कुन उमेरका व्यक्ति बैदेशिक रोजगारीमा आएको पाउनु भयो ?
सरदर २० देखि ३५ उमेरका व्यक्ति आउने भेटको छु ।

०बैदेशिक रोजगारीमा आउनु पुर्व के के कुरामा ध्यानदिनु  पर्छ ? 

आफू जाने देशको भाषा रहन सहन आफुले गर्ने काम कम्पनीको रुल्स आदि इत्यादी पर्छन् ।

० के बैदेशिक रोजगारीमा आउदा सबै युवाहरु काममा दक्षता हासिल गरेको हुन्छन ?
हुदैनन् त्यहि भएर धेरै बिचल्लीमा पर्ने गर्छन् ।

० बैदेशिक रोजगारीमा आउदा ध्यान नदिदा कस्ता प्रकारका समस्या आई पर्दछन ?
कम्पनीको बारेमा सबै जानकारी नहुदा कतिपय बिना तलब काम गरेको घटना पनि छन् । अनि बोली चाली म सबै भन्दा ध्यान दिनु पर्छ जस्तो लाग्छ मलाई चाहि ।

० यस्ता प्रकारका समस्या आउदा कसरी समाधान गर्न सकिन्छ र कसरको सहयोग लिन पर्ने हुन्छ ?
आफू आएको मेनपावर संग सहकर्य गरेर र अनि आफू आएको देशमा रहेको नेपाली राजदुतावासको सम्पर्कमा जानुपर्ने हुन्छ ।

०समस्या पर्दा झन दुख दिने धेरै हुन्छ भन्छन नि, तपाईले यस्तो पाउनु भएको छ ?
हो यो सतपर्तिसत साचो कुरा हो । दुखमा बाटो देखाउने भन्दा डर देखाउने हुन्छन् तर मलाई त्यस्तो परेको छैन ।

० नेपाली र अन्य देशको श्रमिकलाई कस्तो प्रकारको दृष्टिकोणबाट हेर्छन ?
कति देशले त नेपाल भन्ने देश पनि छ र भनी सोध्छन् अनि नेपाली लाई हेर्न दृष्टिकोण पनि भिन्नता पाएको छु मैले ।

० नेपाली युवाहरु विदेश पलायन हुदा नेपाललाई के फाईदा र के के घाटा हुन्छ ?
अर्थिक बिकास त पकै हुन्छ तर देशको जनशक्ति अरुको देशमा हुँदा आफ्नो देशलाई निकै घाटा पुग्छ ियुवाले देशको मुहार फेर्ने भएको हुँदा युवा लाई आफ्नै देशमा राख्नुपर्ने आवश्यकता देखिन्छ ।

 ० विदेशबाट युवाले पठाएको कमाईको सहि सदुपयोग कसरी गर्न सकिन्छ ?
सबैको आआफ्नो समस्य हुन्छ । समस्य बिना कोहि घर छोडेर हिड्दैन । घरपरिवारले पनि फजुल खर्च कम गर्नु परो ता कि भोलि फर्केर आएको मानिसले त्यहि पैसाले भोलिको भबिष्य बनाउन सकोस् । यो पनि एउटा सदुपयोग हो जस्तो लाग्छ मलाई ।

० विदेश कामको लागी नपठाउने बातावरण बनाउन के हुदा परिवर्तन हुन्छ ?
सरकारले पर्याप्त मात्रामा कलकारखाना उद्योग खोली दिनु परो र निजि उद्योग लाई पहिलो प्राथमिकता दिनुपर्ने देशको कानुन बलियो चुस्त दुरुस्त बनानु परो ताकी सबैले निर्धक्क काम गर्ने बाताबरण बनाउने हो भने परिवर्तन हुनसक्छ ।

० के सरकारले फ्रि भिसा गर्दा नेपालीलाई फाईदा हो र ?
फ्रि भिसा न हुँदा त सबै युवा पलायन भएको अवस्थामा फ्री गर्दा त जो जति बाकी छन तिनीहरु पनि त नेपाली नबस्ने हुन सक्छ मेरो विचारमा फाइदा हुन्छ जस्तो लाग्दैन ।

० तपाईलाई सरकारले तपाईले तिरेको रेमिट्यान्सको सहि सदुपयोग भएको जस्तो लाग्छ ?
उम जसरी सोचो त्यसरी नै बुझ्न सकिन्छ सरकारले पनि राम्रो व्यवस्था ल्याउनु परो । आज देश चलेको नै रेमिटेन्सले छ तर सबै ठाँउमा राम्रो हो भनी ठाँउ पनि छैन त्यसैले सदुपयोग भएको जस्तो अलि छैन ।

० सरकारले युवाहरुले पठाएको रेमिटयान्स कसरी सदुपयोग गर्न सुझाव दिनु हुन्छ ?
सबै खानी मात्रै छन् जो सरकारमा छन् तिनीहरुले बिदेशी भुमिमा दुख गरेका छैनन् तथापि अरुको पसिनाको मुल्य बुझी दिए पुग्छ र सबै रेमिटेन्स बाट आएको पैसा आफुलाई मात्रै नसोचेर उधोग कलकारखानामा लगानी गरे सदुपयोग हुनेछ ।

० नेपालिहरुले कमाएको पैसा नेपाल पठाउन कत्तिको सहज छ ?
पहिला पहिला त्यति सहज थिएन भन्नू हुन्थ्यो हामी भन्दा अगि आउने अग्रजहरुले तर आज भोलि निकै त्यस्ता बैंकहरु खुलेका छन् अहिलेको परिस्थितिमा सहज नै छ ।

० सहज र सरल रुपमा नेपालमा कमाएको पैसा पठाउन कुन उपाय हुन सक्ला ?
सबैलाई सबै कुरामा बिश्वास र भर नहुन सक्छ तर मैले आज सम्म हिमालय बैंक बाट नै काम गरेको हुदा मलाई चाहिँ तै नै बिस्वसिलो लाग्छ ।

० बिदेश आउन सोच गरी रहेको नेपालीहरुलागी तपाईको सन्देश के छ ?
सबैलाई बिदेश राम्रो हुन्छ भन्ने छैन । दुख गरे आफनै देशमा पनि राम्रो कमाई गर्न सकिन्छ । हामी मात्र कति अरुको गुलामी गर्ने अब त अरु लाई आफ्नो देशमा रोजगार दिने कुरामा सोच बढाउने तर्फ लाग्नु पर्छ भन्नी सुझाव दिन चाहान्छु ।

० कुनै पनि तालिम, जानकारी सिप नलिएका नेपली बिदेश आउने सोच बनाएका युवाहरुको लागी तपाईको सुझाव के छ ?
सकिन्छ आफ्नो देशमा केहि गरेर देकाउ सकिदैन अरुको देशमा जादा आफुलाई जानकारी भएको काममा जादा प्रदेशमा आई पर्ने असुविधा झेल्नु पर्दैन भन चाहान्छु ।

० तपाई आफ्नो घरपरिवारलाई के सन्देश दिन चहानु हुन्छ ?
प्रदेशीको जिबन भनेको खुकुरीको धारमा आफ्नो ज्यान बाजि लगाएर काम गरेको हुन्छ । यहाँ दुख गरेर घरपरिवार मा रमाउने सोच हुन्छ त्यो सोचमा तुशारो पात नपार्न र हाम्रो लागि नै प्रदेशीयका हुन भनेर सोच गरि जो रकम पठाएको हुन्छ त्यसमा बचाउनु होला ।

० अन्तमा नेपालि र नेपालिको लागी के सन्देश छ ?
मेरो यहि नै सन्देश छ सुन फल्नी देश लाई छोडेर नुन खोज्दै नभौतारिन र निराश नहुन भन्न चाहान्छु अन्तर आत्माले म यो काम गर्न सक्छु भनी अठोटका साथमा काम सुरु गर्नुहोस् कहिले असफल बनिदैन भन्नी सन्देश दिन चाहान्छु । जय देश जय नेपाल !!

० केहि भन्न बाकि छ जस्तो लाग्छ कि ?
नेपाली जहाँ रहे पनि आफ्नो परिश्रममा बाच्न जानेको हुन्छ । बेमानी गर्ने जानेको हुदैन आफू मरेर अरुलाई बचाउछ सिर कहिले झुकाउदैन हो यसैमा मलाई गर्ब लाग्छ । दयामाया राख्दछ जस्तो हिमालको महिमा गरिन्छ त्यसै नेपालीको पनि गुनगान सुनिन पाइयोस् यहिनै हो ।

-यो अन्तर्वाता आजको काभ्रे बाट प्रकाशित बेथान्चोक साप्ताहिकमा रहेको छ l 

Related News