काभ्रेमा पत्रकारकै कार्यालय तोड्फोड गरी चोरी

काभ्रे,पुष,२२, नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कार्यालयमा तोडफोड गरी चोरी भएको छ । अज्ञात समूहले २०७५ पौष २१ गते राति बनेपा नगरपालिका वडा नं. ६ मा रहेको महासंघको कार्यालय तोडफोड गरी चोरी गरेका छन् ।नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले आईतबार विज्ञप्ती प्रकाशन गर्दै घटनाको घोर भत्र्सना गरेका छन् ।

पत्रकार महासंघको कार्यालय माथी तोडफोड सहित चोरीको घटनाले सिङ्गो पत्रकारिता पेशा माथि आक्रमण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । ‘अज्ञात समुहका नाममा महासंघको कार्यालयको मुल गेट फुटाई कार्यालय रहेको कोठा तथा अन्य कोठाहरु र कोठा भित्र रहेका टेबुलहरुको समेत ताला फुटाई गराईएको उक्त घटना निन्दनिय र भत्र्सनायोग्य छ’–विज्ञप्तीमा भनिएको छ– ‘पत्रकारिता पेशाबाट अतालिएको तथा नागरिकहरुको आवाजलाई सुन्न नसक्ने अराजक समुहले उक्त घटना घटाएको हाम्रो निश्कर्ष छ ।

’ पत्रकार महासंघ माथि भएको आक्रमण, तोडफोड र चोरी प्रति घोर भत्र्सना गर्दै अविलम्ब दोषि पत्ता लगाई कडा कारवाहि गर्न प्रशासन समक्ष माग गरेको छ ।

Related News