सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बागमती इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव सम्पन्न

बागमती इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव सम्पन्न

3815
Shares
बागमती इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव सम्पन्न

फागुन २१ ,बनेपा ; काभ्रे जिल्लाको बनेपामा अवस्थित बागमती इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव, अभिभावक दिवस, दिक्षान्त समारोह तथा पुरस्कार वितरण (शुक्रबार) बनेपा पार्टी भेन्युमा भव्यताका साथ सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिह वादेले विद्यार्थीहरुलाई हप्ताको एकदिन भए पनि नैतिक शिक्षा दिनको लागि विद्यालयलाई अनुरोध गरेका थिए । नैतिक शिक्षा भएको नानीहरुले रिसाएको जो कोही व्यतिलाई “दर्शन” भनेर सम्वोधन गरे भने पनि रिसाउने मान्छेको रिस हराउने भएकोले सैदान्तिक शिक्षा संग संगै नैतिक शिक्षा पनि दिलाउन आग्रह गरेका थिए ।

त्यसैगरी प्याव्सनका अध्यक्ष पुर्ण कुमार श्रेष्ठले निजि शिक्षालाई सौताको व्यवहार गर्न नहुने र बरु निजि शिक्षा र सरकारी शिक्षालाई संग–संगै लैजानुपर्ने बताए ।
। विद्यालयका प्रध्यानध्यापक दिपेन्द्र बहादुर विस्टले कार्यक्रम सभ्य र भव्य भएको बताए । त्यसैगरी अतिथिहरुमा मानवअधिकारकर्मी भोजराज तिमल्सिना, जिल्ला ट्राफिक प्रमुख निसेस चापागाई, लगायतको उपस्थिती रहेको थियो । व्यवस्थापन समितिका अध्यक्ष प्रताव वैद्यको सभापतित्वमा भएको थियो

कार्यक्रममा वार्षिक परिक्षा र अतिरिक्त कृयाकलापमा प्रथम, दितिय, तृतीय हुने र उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । साथै २०६६ सालमा एस.एल.सी उतिर्ण विद्यार्थी काठमाडौ विश्व विद्यालयमा डाक्टर उपाधि पाएका दुई जना महिला विद्यार्थीलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य प्रस्तुती देखाएर थप मनोरञ्जन प्रदान गरेका थिए ।

3815
Shares

ट्रेन्डिङ