सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • परोपकार केन्द्रले गर्यो काभ्रेका उपप्रमुखहरुलाई सम्मान्न

परोपकार केन्द्रले गर्यो काभ्रेका उपप्रमुखहरुलाई सम्मान्न

5740
Shares
परोपकार केन्द्रले गर्यो काभ्रेका उपप्रमुखहरुलाई सम्मान्न

सनम सुवाल
धुलिखेल ,फागुन २५: परोपकार प्राथमिक उपचार केन्द्रको आयोजनामा १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रम आज हिमालयन होराइजन होटेल धुलिखेलमा सम्पन्न भएको छ । सो कार्यक्रममा काभ्रेका स्थानीय तहका उपप्रमुखहरुलाई सम्मान्न गरिएको छ । धुलिखेल नगरपालिकाका उप्रप्रमुख विमला शर्मा, बनेपा नपाका उपप्रमुख रेखा दाहाल, पनौती नपाका उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध नपाका उपप्रमुख रामदेवी तामाङ, पाँचखाल नपाका उपप्रमुख लक्ष्मी दनुवार, रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला र चौँरी देउराली गाउँपालिकाका उपाध्यक्ष तारादेवी गौतम तथा कान्तिपुर टेलिभिजनका पत्रकार रमा दाहाल सम्मानित भएका  थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी एबम भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले इतिहासको कलखण्ड हेर्दा महिला कमजोर नभएको पुष्टि भएको छ । जनप्रतिनिधिहरु कुनै पनि लिङ्गको आधारमा हुदैन महिला र पुरुष समान हुन्न।त्यसले आफुले प्राप्त गरेको जिम्मेवार पूरा गर्नुपर्छ ।पाएको जिम्मेवारिलाई कम नथाने काममा जुट्न,दु:ख भए पनि महिला उपप्रमुखलाई अगाडि बद्न्न अनुरोध गरेका छ्न्न ।

बेरोजगारीलाई अन्त्य गरि गरिबी निवारणलाई न्यूनीकरण गर्ने ,गरिबि लक्षित कार्यक्रम चलाएर गरिबिलाई माथी उकास्ने प्रतिबद्धता सगै नेपालमा पहिलो पटक भु उपयोग ऎन ल्याउने कुराको जानकारी दिएका छन्न । कार्यक्रममा प्रदेश सांसद रत्त्न ढकाल,नेकपाका नारायण पान्डे, प्रतिनिधि सभाका सांसद नविना लामा,नेपाली कांग्रेसका नेता सिबि लामा,प्र देश सभाका सांसद चन्द्र लामा,धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार ब्यान्जुको सहभागिता रहेको थियो। परोपकार प्राथमिक उपचार केन्द्रका अध्यक्ष एबम कार्यक्रमका सभापती संग्रामजित लामाको सभापतीत्वमा कार्यक्रमको विसर्जन भएको छ।

5740
Shares

ट्रेन्डिङ