सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सक्सेस एकेडमीको अभिभावक दिवस सम्पन्न

सक्सेस एकेडमीको अभिभावक दिवस सम्पन्न

5510
Shares
सक्सेस एकेडमीको अभिभावक दिवस सम्पन्न

सनम सुवाल
बनेपा,फागुन २७ : बनेपा सक्सेस एकेडमीले ५ औं बार्षिक उत्सव पुरस्कार वितरण तथा अभिभावक दिवस कार्यक्रम आज बनेपाको पन्चकन्या बेन्कुटमा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह बादेले सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुमा नैतिक शिक्षाको अभाव रहेको उल्लेख गर्दै कुनै पनि स्थानमा नैतिकताको ठूलो जिम्मेवारी र त्यसले भूमिका खेलिरहेको हुने भएकाले त्यसतर्फ शिक्षकहरु नै बढी जिम्मेवारी रहेको बताए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा नैतिक शिक्षा र अनुशासनको पाठ सिकाउन आवश्यक रहेको भन्दै बनेपा नगरपालिकाका प्रमुख बादेले विद्यालयका शिक्षकहरुलाई त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताएका छन् l कार्यक्रमका सभापति एबम विधालय व्यवस्थापनका अध्यक्ष विनोद घिमिरेले अनुशासन सबैको लागि महत्वपूर्ण हुने भएकाले अनुशासित ब्यक्ति र विद्यार्थीहरु निर्माण गर्नका लागि विद्यालयका शिक्षक शिक्षिका र अभिभावकहरुको भूमिका पनि आवश्यक रहेको बताए ।कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा आफ्नो प्रतिभा प्रस्तुति गर्नाले कार्यक्रमको शोभा बढाएको थियो ।

5510
Shares

ट्रेन्डिङ