सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • पर्यटकीय क्षेत्र जाने सडक निर्माण

पर्यटकीय क्षेत्र जाने सडक निर्माण

3385
Shares
पर्यटकीय क्षेत्र जाने सडक निर्माण

गलेश्वर,फागुन २९ ; म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटमा रहेको पर्यटकीयस्थल बाराही ताल जाने सडक निर्माण गरिएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित तीन लाख र स्थानीयवासीको २५ हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष पुकार घर्तीले जानकारी दिए ।

अध्यक्ष घर्तीले दिएको जानकारीअनुसार देउगोरे, झाम्ताबोट र दास हुँदै बाराही तालसम्मका लागि ८ सय मिटर सडक निर्माण गरिएको हो । सडकको चौडाइ ६ मिटर फराकिलो बनाइएको छ ।

पछिल्लो समय पर्यटकीयस्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवर्द्धन गर्न सडक निर्माण गरिएको वडाध्यक्ष टङ्कप्रसाद पुनमगरले जानकारी दिए । साथै, तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी बगैँचा निर्माण गर्न वडा कार्यालयबाट तीन लाख बजेट विनियोजन गरिएको उनले बताए ।

यसैगरी बराही तालको पर्यटन प्रवद्र्धन गर्न बाराही ताल हुँदै छिमेकी जिल्ला ताराखोला गाउँपालिकाको देउरालीसम्म मोटरबाटो निर्माण हुने उनले जानकारी दिए । बराही ताल जानका लागि यसअघि वडा कार्यालयद्वारा पदमार्ग निर्माण गरिएको छ ।

 

-राससबाट

3385
Shares

ट्रेन्डिङ