सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • केपी ओलीको सनकले मुलुकमा द्वन्द्वको खतरा बढ्यो : गगन थापा

केपी ओलीको सनकले मुलुकमा द्वन्द्वको खतरा बढ्यो : गगन थापा

3345
Shares
केपी ओलीको सनकले मुलुकमा द्वन्द्वको खतरा बढ्यो : गगन थापा

फागुन २९,काठमाडौँ; नेपाली काँग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओलीको सनकका कारण मुलुक द्वन्द्वतर्फ धकेल्न खोज आरोप लागएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाएकोप्रति इंगित गर्दै उनले यस्तो बताएका हुन् ।

महिला संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले प्रधानमन्त्रीको सनकले देश नचल्ने बताए दाबी गरे । ‘गिरिजाबाबुको नेतृत्वमा तत्कालिन माओवादीसँग सहमति गरेर देशमा शान्ति स्थापना भया । अहिले केपी ओलीले फेरी देशलाई अशान्ती र द्वन्द्वतर्फ धकेल्न खोजे । सनकले देश चल्दैन ।’ उनले भने ।

ओली सरकारले भष्टचारलाई रोक्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको र दुई तिहाइको दम्भले सरकार तानाशाही बन्नतर्फ लागेको उनको आरोप थियो l साथै थापाले संसदमा विपक्षी दल काँग्रेस छ भन्ने पनि हेक्का नराख्नु ओलीको लागि भुल हुन पनि बताए । उनले देशलाई बचाइराख्न अब काँग्रेसले सशक्त भूमिका रचनात्मक तरिकाले अगाडि सर्नु पर्नेमा जोड दिए ।

 

-रातोपाटीबाट

3345
Shares

ट्रेन्डिङ