सबैको समाचार
शनिबार, बैशाख ८, २०८१

हिमाल आरोहण टोली अलपत्र

3085
Shares
हिमाल आरोहण टोली अलपत्र

सिन्धपाल्चोक – जुगल हिमाल आरोहणमा गएको आरोहण टोली बीच बाटोमै अलपत्र परेको छ । लगातारको वर्षाले भारी हिमपात भएपछि आरोहण टोली चार हजार ७२४ मिटर उचाइको बेसक्याम्पमै अलपत्र परेको हो ।

आइतबार आरोहण टोलीका सदस्य एवं नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले आफू अस्वस्थ रहेको र खाद्यान्नसमेत सकिएको जानकारी गराउनुभएपछि साेमबार सिम्रिक एअरको हेलिकप्टरले खाद्यान्न पुर्‍याइएको र त्यही हेलिकोप्टरमा अस्वस्थ भएका नेता सापकोटा राजधानी फर्किएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

आरोहण दलका अर्का सदस्य सुभाष कर्माचार्य भने स्वास्थ्यमा समस्या आएपछि यसअघि नै फर्किसक्नु भएको छ ।

3085
Shares

ट्रेन्डिङ