सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • भ्यान दुर्घटनामा १२ जना घाइते

भ्यान दुर्घटनामा १२ जना घाइते

6480
Shares
भ्यान दुर्घटनामा १२ जना घाइते

ताप्लेजुङ – ताप्लेजुङको पाथीभराबाट फुङ्लिङ आउँदै गरेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनजनाको अवस्था गम्भीर छ ।

पाथीभराको दर्शन गरेर फर्किएका भक्तजन चढेको मे १ ज १४८६ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो । भ्यानमा १४ जना सवार थिए । २ जना सकुशल रहेका छन् ।

राति सवा १० बजे भ्यान दुर्घटना हुँदा निजगढ नगरपालिका–६ बारा निवासी मोतिमाया अधिकारी, लक्ष्मिमाया सिग्देल र गोमा थापा गम्भीर घाइते भएको ताप्लेजुङ जिल्ला प्रहरी प्रमुख डीएसपी संजयसिंह थापाले बताउनुभयो । दुर्घटनामा घाइते सबै बारा जिल्ला निजगढ नगरपालिकाका रहेका छन् ।

घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । कच्ची सडक र तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

6480
Shares

ट्रेन्डिङ