सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बर्ड फ्लू भेटिएपछि १३ सय कुखुरा नष्ट गरियो

बर्ड फ्लू भेटिएपछि १३ सय कुखुरा नष्ट गरियो

5675
Shares
बर्ड फ्लू भेटिएपछि १३ सय कुखुरा नष्ट गरियो

भक्तपुर – सूर्यविनायक नगरपालिका–१ दधिकोटमा रहेको अनुस्कृत कुखुरा फार्ममा बर्ड फ्लू भेटिएपछि मंगलबार राति कुखुरा नष्ट गरिएको छ ।

मधुराम न्यौपानेको कुखुरा फार्ममा रहेका ब्रोइलर कुखुरामा बर्ड फ्लू भेटिएपछि मंगलबार राति एक हजार तीनसय ७५ ब्रोइलर कुखुरा नष्ट गरिएको हो । फार्ममा रहेका कुुखुरामा ‘एच वान एन वान’ बर्ड फ्लूको भाइरस भेटिएपछि पशु सेवा विभागका प्राविधिक टोली, स्थानीय जनप्रतिनिधि, प्रशासनको रोहबरमा कुखुरा नष्ट गरिएको फार्म सञ्चालक न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि गएको बुधबार पनि त्यही वडाको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्मका कुखुरामा पनि बर्ड फ्लू भएको पुष्टि भएपछि दुई हजार नौ सय ८५ लेयर्स कुखुरा नष्ट गरिएको थियो ।

5675
Shares

ट्रेन्डिङ