सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • सुरेन्द्र गिरीको “चल्यो बतास” बजारमा

सुरेन्द्र गिरीको “चल्यो बतास” बजारमा

6345
Shares
सुरेन्द्र गिरीको “चल्यो बतास” बजारमा

नेपाली लोकदोहोरी गीतमा अर्को एक आश लाग्दो गीत “चल्यो बतास” लिएर सुरेन्द्र गिरी आएका छन । सुसेली म्युजिक प्रा.लि.ले प्रस्तुत गरेको गीतमा स्वर सुरेन्द्र गिरी र सपना थापा को रहेको छ । लोक दोहोरी मार्फत युवा पुस्ताका केटा र केटी बिचको माया प्रेम भाव प्रस्तुत गरिएको छ । शब्द शितलराज गिरी र सुरेन्द्र गिरी तथा संगीत शितलराज गिरी को रहेको उक्त गीतमा संगीत संयोजन विष्णु तामाङले गरेका छन् ।

शंकरा डिजिटल स्टुडियोमा गीत रेर्कड गरिएको हो । बिक्रम गिरी र रोशनी खड्का को अभिनय रहेको चल्यो बतासको म्युजिक भिडियोको निर्देशन स्वंयम सुरेन्द्र गिरी र नविन विरही श्रेष्ठ ले गरेका छन् भने नृत्य निर्देशन दिलिप राइ को रहेको छ । गीतको म्युजिक भिडियो छांयाकन महेश महरा , भने सम्पादन चेतन सागरको रहेको छ ।

गीतको म्युजिक भिडियो डि.ए.आर मुभिजको अफिसियल युट्युव च्यानलबाट आम दर्शक तथा स्रोता माझ प्रस्तुत गरिएको छ । गितको भिडियो हेर्नको लागि तलको लिङ्कमा हेर्नुहोस ।

6345
Shares

ट्रेन्डिङ