सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

3145
Shares
नेपाल टेलिकमले ल्यायो नयाँ वर्ष अफर

नेपाल टेलिकमले नयाँ वर्षका लागि रिचार्ज, डाटा र नाइट भ्वाइसमा अफर ल्याएको छ। नयाँ योजनामा रिचार्जमा १५ प्रतिशतसम्म बोनस, साढे चार पैसासम्ममा एक एमबी डाटा र २५ रुपैयाँमा साढे दुई मिनेट कल सुविधाका योजना छन्। टेलिकमले रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताले एमपोस तथा रिचार्ज कार्ड मार्फत सय र दुई सय रुपैयाँको रिचार्ज गर्दा दस प्रतिशत तथा पाँच सय र हजार रुपैयाँको रिचार्ज गर्दा १५ प्रतिशत बोनस दिने छ। यसरी प्राप्त भएको बोनसको भ्यालिडिटी तीन दिन हुने र अफर चैत ३० देखि वैसाख १३ गतेसम्म लागू हुने टेलिकमले जानकारी दिएको छ।
नेपाल टेलिकमले डाटामा अल टाइम डाटा र नाइट डाटा गरी दुई वटा छुट योजना ल्याएको छ। अल टाइम डाटाअन्तर्गत टेलिकमले एक सय रुपैयाँमा चार सय एमबी, दुई सय रुपैयाँमा ८५० एमबी र तीन सय रुपैयाँमा १५ सय एमबी डाटा दिने छ। यो डाटा योजना ३० दिनको भ्यालिडिटिसहित चौबिसै घण्टा प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ।
टेलिकमले नाइट डाटा प्याकेजअन्तर्गत दुई सय रुपैयाँमा तीन जिबी र तीन सय रुपैयाँ साढे छ जिबी डाटा दिनेछ। ३० दिनको भ्यालिडिटिसहितको यो प्याकेजमा डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने कम्पनीले जानकारी दिएको छ। यो अफरअन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी करसहित साढे चार पैसादेखि २५ पैसा पने टेलिकमले जानकारी दिएको छ। टेलिकमले यो योजना चैत ३० गतेदेखि वैसाख २८ गतेसम्म लागू हुने जानकारी पनि मंगलवार जारी प्रेस विज्ञप्तिमा छ।
अल टाइम डाटा प्याकेज सेवा लिनका लागि DATA टाइप गरी आफूलाई जति एमबी चाहिएको हो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउन टेलिकमले आग्रह गरेको छ। नाइट डाटा प्याकेज सेवाका लागि NIGHT टाइप गरी आफूलाई जति एमबी चाहिएको हो त्यति उल्लेख गरेर १४१५ मा म्यासेज पठाउन टेलिकमले आग्रह गरेको छ।
नेपाल टेलिकमले नाइट भ्वाइस प्याकअन्तर्गत जिएसएम सेवाका उपभोक्तालाई चैत ३० गतेदेखि वैसाख २८ गतेसम्म लागू हुने गरी नयाँ योजना ल्याएको छ। यो योजनामा करसहित २५ रुपैयाँमा सात दिनको भ्यालिडिटिसहित राति १० बजेदेखि बिहान ६ बजेसम्म २५० मिनेट भ्वाइस प्याक उपलब्ध गराइनेछ।
नाइट भ्वाइस प्याक सेवा लिनका लागि NIGHTVOICE टाइप गरी १४१५ मा म्यासेज पठाउन नेपाल टेलिकमले आग्रह गरेको छ।

3145
Shares

ट्रेन्डिङ