सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सेञ्चुरी बैंकको छैठौ वार्षिक साधारण सभा सम्पन्न

सेञ्चुरी बैंकको छैठौ वार्षिक साधारण सभा सम्पन्न

5870
Shares
सेञ्चुरी बैंकको छैठौ वार्षिक साधारण सभा सम्पन्न

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको छैठौ वार्षिक साधारण सभा बिहीबारका दिन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा प्रज्ञाभवन, कमलादीमा सम्पन्न भएको छ ।
साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० % बर।बरको बोनस शेयर र दुई संस्था प्राप्ती पश्चात्को पूंजीमा ४० % हकप्रद शेयर ज।री गर्ने प्रस्ताव पारित गरेको छ ।
सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्विकृती समेत प्रदान गरेको छ ।
यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूंजी र चार संस्था प्राप्तीबाट करिब रु. २ अर्ब पूँजी थप हुनेछ भने नपुग पूँजी ४० % हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट रु. ८ अर्ब पूँजी पुग्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।

5870
Shares

ट्रेन्डिङ