पाँचखाल नगरद्वारा १ अर्ब २९ करोड ९६ लाखको बजेट सार्वजनिक
काभ्रे : पाँचखाल नगरपालिकाको ११ औ नगरसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मतले पारीत भएको छ । नगरप्रमुख महेश खरेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारीत भएको हो । नगरप्रमुख खरेलले नगरमा एक बर्ष भित्र रोजगारीको सिर्जना, बृहत सिंचाई योजना, स्वच्छ र सफा खानेपानीको पँहुच, नेपालमै पहिलो ग्रिन स्मार्ट सिटीको डिपिआर र कार्यको थालनी, प्राङगारिक खेति, […]