नेपाली कांग्रेस काभ्रेले जनप्रतिनिधीसंग अन्तरक्रिया थाल्यो
काभ्रे | नेपाली कांग्रेस काभ्रेले जिल्लाका १३ वटै स्थानीय तहका जनप्रतिनिधीसँग अन्तरक्रिया थालेको छ । प्रत्येक महिनाको २ गते जिल्ला कार्यसमितिको घुम्ती (मोबाइल) बैठक शुरु गरेको कांग्रेसले ती पालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीसँग विकास निर्माण, सेवा प्रवाह, सम्भावना, चुनौती र पार्टीसंगको अन्तरसम्बन्ध लगायतका बिषयमा अन्तरक्रिया थालेको नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जानकारी दिए । […]