राष्ट्रिय मानव अधिकार आयोग ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति निकाल्दै झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएको घटना दुःखद् भएको भन्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही […]