राहदानीको नवीकरण शुल्क घटाइने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशका काम गर्ने नेपालीले आर्जन गरेको अनुभव र पुँजी नेपालको विकासका लागि आधारशिला भएको बताउनुभएको छ । ‘दसौँ विश्व भविष्य ऊर्जा सम्मेलन’मा भाग लिन संयुक्त अरब इमिरेट्स (युएई) पुग्नुभएका प्रधानमन्त्री दाहालले अबुधाबीस्थित नेपाली दूतावासमा आज भएको अन्तक्र्रिया कार्यक्रममा विदेशमा नेपाली कामदारले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ भन्नुभयो । […]