भिरबाट लडेर किशोरको मृत्यु
बैतडी, २९ असार : भिरबाट लडेर बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । बाख्रा चराउन गएका बोहराको आज दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । […]