काठमाण्डौ उपत्यकासहित देशभरको तापक्रम बढ्न थाल्यो, प्रदुषण घट्यो
काठमाडौं उपत्यकासहित देशभर तापक्रम क्रमशः बढ्दै गएको छ। हिउँदयाम सकिएसँगै गर्मी महसुस हुन थालेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन्। मौसमविद् लामिछानेका अनुसार, हिजो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २३.६ डिग्री सेल्सियस रहेकोमा आज बढेर २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। त्यस्तै, विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका स्थानहरूमा ३० डिग्री सेल्सियसभन्दा बढी तापक्रम […]